Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

सामूहिक बलात्कारको आरोपमा सशस्त्रका जवानसहित चार जना पक्राउ

सामूहिक बलात्कारको आरोपमा सशस्त्रका जवानसहित चार जना पक्राउ

  • शनिवार, आषाढ ३२ २०७९

  • 1.0K
    SHARES

  • सामूहिक बलात्कारको आरोपमा सशस्त्रका जवानसहित चार जना पक्राउ
    काठमाडौं । कञ्चनपुरमा एक युवतीमाथि सामूहिक बलात्कारको गरेको आरोपमा चार जना पक्राउ परेका छन्।
     
    २० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा पुनर्वास नगरपालिका-९ का सुशील विष्ट, लक्ष्मण सुनार, पृथ्वी भाट क्षेत्री पक्राउ परेका हुन्।
     
    उनीहरूसँगै बिओपीबीच फाँटमा कार्यरत सशस्त्र प्रहरीका जवान यमप्रसाद जैसी पनि पक्राउ परेका छन्।
     
    असार २३ गते राति ती युवतीमाथि सामूहिक बलात्कार भएको हो। उनीमाथि बलात्कार भएको सूचना बिहीबार प्रहरीकहाँ पुगेको थियो।
     
    शुक्रबार जाहेरी पनि परेपछि प्रहरीले आरोपित चार जनालाई पक्राउ गरेको हो।
     
    प्रहरीका अनुसार बलात्कार आरोप लागेका सुशील विष्ट र युवतीको प्रेम सम्बन्ध रहेको बुझिएको छ।
     
    सुशीलले भागेर बिहे गर्ने भन्दै युवतीलाई मोटरसाइकलमा लगेर गएका थिए।
     
    राति उनीहरूलाई सँगै देखेर पिछा गरेका अरू तीन जनाले युवतीमाथि बलात्कार गरेको जोहरीमा उल्लेख छ।
     
    आरोपितहरूलाई इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा राखिएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।


    शनिवार, आषाढ ३२ २०७९०३:१०:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij