Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

गभर्नर अधिकारीका सबै कार्यक्रम बिथोल्ने चेतावनी

गभर्नर अधिकारीका सबै कार्यक्रम बिथोल्ने चेतावनी

तत्काल राजीनामा दिनुपर्ने माग
  • आइतवार, श्रावण १ २०७९

  • 748
    SHARES

  • गभर्नर अधिकारीका सबै कार्यक्रम बिथोल्ने चेतावनी
    काठमाडौं । नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पाले गभर्नर महाप्रसाद अधिकारीले तत्काल राजीनामा दिनुपर्ने बताउनुभएको छ । अध्यक्ष शेर्पाले गभर्नर अधिकारीले तत्काल राजीनामा नदिए उहाँका जुनसुकै कार्यक्रमहरू बिथोल्ने चेतावनी दिनुभएको छ ।
     
    बालुवाटारस्थित प्रधानमन्त्री निवास अगाडि आयोजित गभर्नर अधिकारी विरुद्धको प्रदर्शनपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै शेर्पाले प्रधानमन्त्री शेरबहादुर देउवाले अधिकारीलाई तुरुन्त बर्खास्त गर्नुपर्नेमा जोड दिनुभयो । 
     
    कार्यक्रममा अखिल (क्रान्तिकारी) की अध्यक्ष पञ्चा सिंहले २४ घण्टाभित्र अधिकारीको राजीनामा नआए सडकमा उहाँका विरुद्ध आगो बाल्ने चेतावनी दिनुभयो । अध्यक्ष सिंहले पनि गभर्नर अधिकारी संलग्न हरेक सार्वजनिक कार्यक्रमहरू बहिष्कार गर्ने चेतावनी दिनुभएको छ ।
     


    आइतवार, श्रावण १ २०७९०१:३३:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij