Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

मोदीले समय नदिएपछि प्रचण्ड भेट नगरी काठमाडौं फर्कँदै

मोदीले समय नदिएपछि प्रचण्ड भेट नगरी काठमाडौं फर्कँदै

  • आइतवार, श्रावण १ २०७९

  • 3.8K
    SHARES

  • मोदीले समय नदिएपछि प्रचण्ड भेट नगरी काठमाडौं फर्कँदै

    काठमाडौं । भारत भ्रमणमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भेट गर्न समय दिनु भएन ।

    गत शुक्रबार भारत भ्रमणमा गएका प्रचण्ड र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता हुने बताइएको थियो । 

    तीन दिने भ्रमणको अवसरमा प्रचण्डले भारतीय विदेश सचिव, विदेश मन्त्री, राष्ट्रिय सुरक्षा सल्लाहकार र भारतीय जनता पार्टीका अध्यक्षसँग भेटवार्ता गर्नुभएको छ । 

    प्रचण्ड आइतबार काठमाडौं फर्कनुअघि भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता हुने बताइएको थियो । तर, अन्तिम समयसम्म पनि मोदीले प्रचण्डसँग भेटको लागि समय नदिएको बताइएको छ । 

    प्रचण्ड मोदीसँग भेट नगरी काठमाडौं फर्कने तयारीमा रहेको बुझिएको छ । प्रचण्ड नेपाल एअरलाइन्सको दिउँसो ४ः२० बजेको दिल्ली–काठमाडौं उडानमा फर्कने कार्यक्रम रहेको उहाँको सचिवालयले बताएको छ । 


    आइतवार, श्रावण १ २०७९०३:४१:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij