Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

प्रहरी समायोजनमा दबाव दिन प्रदेश गृहमन्त्रीहरु काठमाडौँमा

प्रहरी समायोजनमा दबाव दिन प्रदेश गृहमन्त्रीहरु काठमाडौँमा

  • सोमवार, श्रावण २ २०७९

  • 755
    SHARES

  • प्रहरी समायोजनमा दबाव दिन प्रदेश गृहमन्त्रीहरु काठमाडौँमा

    काठमाडौं । प्रहरी समायोजन साउन महिनाभित्र गर्न अल्टिमेटम दिएका प्रदेश गृहमन्त्रीहरु शीर्ष नेताहरुलाई दबाव दिन काठमाडौं आएका छन् ।

    आज बिहान एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई भेटेका उनीहरुले केहीबेरमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई भेट्दै छन् । अपराह्न साढे ४ बजे माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटार जाने उनीहरुको तयारी छ ।

    आजै प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि भेट्न बालुवाटार जाने मधेश प्रदेशका गृहमन्त्री भरत प्रसाद साहले जानकारी दिनुभयो ।

    २३ असारमा जनकपुरमा भएको प्रदेश गृहमन्त्रीहरुको बैठकले साउन महिनाभित्र प्रहरी समायोजन गरी प्रदेश सरकारलाई हस्तान्तरण गर्नुपर्नेसहित ७ बुँदे जनकपुर घोषणापत्र जारी गरेको थियो ।


    सोमवार, श्रावण २ २०७९०१:३१:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij