Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

बुस्टर डोज लगाए पहिलेजस्तो मानवीय क्षति हुँदैन : डा. शेरबहादुर पुन

बुस्टर डोज लगाए पहिलेजस्तो मानवीय क्षति हुँदैन : डा. शेरबहादुर पुन

  • मंगलवार, श्रावण ३ २०७९

  • 882
    SHARES

  • बुस्टर डोज लगाए पहिलेजस्तो मानवीय क्षति हुँदैन : डा. शेरबहादुर पुन

    काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले कोरोना भाइरसलाई फैलिन नदिन बुस्टर डोज खोप अभियानलाई निरन्तरता दिनुपर्ने बताउनुभएको छ ।

    डा. पुनले कोरोना र ओमिक्रोनको नयाँ उपप्रजाति बीए.५ बाट मानवीय क्षति हुन नदिन बुस्टर डोज खोप अभियानलाई निरन्तरता दिनुपर्ने बताउनुभएको हो ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उहाँले भन्नुभयो, कोरोनाले आफ्नो स्वरुप परिवर्तन गरिरहन्छ । विश्वका विभिन्न देशमा ओमिक्रोनको नयाँ उपप्रजाति बीए. ५ फैलिएको छ । तर ७० प्रतिशत जनसंख्याले दुई मात्रा लगाएपछि खोप अभियान सुस्ताएको छ । खासगरी बुस्टरमा धेरैले चासो दिएका छैनन्, तर अब बुस्टरलाई निरन्तरता र तीव्रता दिएर अस्पताल भर्ना हुने वा मृत्यु हुने अवस्था आउन दिनुहुन्न ।’

    यस्तै खोप अभियान अघि बढाएको स्थितिमा पहिलेजस्तो मानवीय क्षति नहुने डा. पुनको विश्वास छ । उहाँले थप्नुभयो, ‘पहिलेजस्तो कडिकडाउ नभएको, नियमित दैनिकीमा फर्केको, मास्क अनिवार्य गरिएको र जनस्वास्थ्यका मापदण्ड पालना नभएकाले हिजो मात्र ४५७ जना संक्रमित भएका छन् भने एक जनाको मृत्यु भएको छ । बुस्टर लगाएको स्थितिमा अस्पताल भर्ना हुँदैनन्, मर्दैनन् भन्ने छैन । तर तुलनात्मक रुपमा पहिलका लहरजस्तो भयावह हुने सम्भावना कम छ ।’

    डा. पुनका अनुसार बीए.५ मा स्वाद वा गन्ध नहुने, घाँटी दुख्ने, हल्का ज्वरो आउने, नाकबाट पानी बग्ने, जीउ दुख्ने, पसिना आउने आदि समस्या देखिएको छ ।


    मंगलवार, श्रावण ३ २०७९११:२०:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij