काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा थप ८५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ११ हजार ३ सय २७ जनाको स्वाब परीक्षण गर्दा ८५५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यो सँगै नेपालमा कुल संक्रमितको संख्या ३३ हजार ५३३ पुगेको छ। पछिल्लो २४ घण्टामा कोरोना संक्रमण निको भई ३१३ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको कुल संख्या पपिन १९ हजार ११९ पुगेको छ ।
काठमाडौँ उपत्यकामा थप २३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। काठमाडौँमा १९९ जना, ललितपुरमा १९ जना र भक्तपुरमा १४ जनामा कोरोना पुष्टि भएको हो।