Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

गभर्नर बर्खास्तीको माग गर्दै सत्तारुढ ३ विद्यार्थी संगठनद्वारा आन्दोलनका कार्यक्रम घोषणा

गभर्नर बर्खास्तीको माग गर्दै सत्तारुढ ३ विद्यार्थी संगठनद्वारा आन्दोलनका कार्यक्रम घोषणा

  • मंगलवार, श्रावण ३ २०७९

  • 2.5K
    SHARES

  • गभर्नर बर्खास्तीको माग गर्दै सत्तारुढ ३ विद्यार्थी संगठनद्वारा आन्दोलनका कार्यक्रम घोषणा

    काठमाडौं । सत्तारुढ गठबन्धन दलका विद्यार्थी संगठनले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको बर्खास्तीको माग गर्दै आन्दोलन सुरु गरेको छ ।

    नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघ, नेकपा माओवादी केन्द्रको अखिल क्रान्तिकारी र एकीकृत समाजवादीको अनेरास्ववियूले मंगलबार(आज) संयुक्त विज्ञप्ति जारी गरी गभर्नर बर्खास्तीको माग गर्दै चरणबद्ध आन्दोलन घोषणा गरेका हुन् ।

    उनीहरूले नेकपा एमालेको अर्थ तथा योजना विभागका सदस्य एम अधिकारी गभर्नर महाप्रसाद अधिकारी नै हो भन्ने दाबी गर्दै उनलाई बर्खास्तीको माग गरेका हुन् ।

    विद्यार्थी संगठनहरूले साउन ३ गते गभर्नर बर्खास्तीको माग गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटालाई ज्ञापन पत्र बुझाउने, साउन ४ गते राष्ट्र बैंकको केन्द्रीय कार्यालय र देशभरिका कार्यालयमा कालो ब्यानर राख्ने घोषणा गरेका छन् ।

    त्यस्तै साउन ५ गते प्रज्ञा भवनको डबलीमा कार्टुन प्रदर्शन र अन्तर्क्रिया कार्यक्रम गर्ने, साउन ७ गते सांसदहरूलाई गभर्नर बर्खास्तीको आवाज उठाउन दबाब दिने निर्णय गरेका छन् ।

    Student_Release.jpg


    मंगलवार, श्रावण ३ २०७९०४:४६:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij