Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

नागरिकता विधेयकः ५४ सांसदद्वारा संशोधन प्रस्ताव दर्ता

नागरिकता विधेयकः ५४ सांसदद्वारा संशोधन प्रस्ताव दर्ता

  • बुधवार, श्रावण ४ २०७९

  • 799
    SHARES

  • नागरिकता विधेयकः ५४ सांसदद्वारा संशोधन प्रस्ताव दर्ता

    काठमाडौं । सरकारले हालै प्रतिनिधिसभामा पेश गरेको नागरिकता विधेयकमा ५४ जना सांसदले संशोधन प्रस्ताव दर्ता गराएका छन् ।

    यसअघि संसदमा पेश भएको नागरिकता विद्येयक फिर्ता लिएर पुनः सरकारले नयाँ विद्येयक पेश गरेपछि ५४ जना सांसदले संशोधन प्रस्ताव दर्ता गराएका हुन् ।

    संघीय संसद सचिवालयका अनुसार नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा ५४ सांसदले ३१ वटा संशोधन प्रस्ताव दर्ता गराएका हुन् ।

    यसरी संशोधन दर्ता गराउने अधिकांश सांसदले नेपाली नागरिकसँग विवाह गरेर आउने विदेशी महिलाले नेपालमा बसोबास गरेको ७ वर्षपछि मात्रै नागरिकता प्रमाणपत्र दिनुपर्ने प्रावधान राख्नुपर्ने उल्लेख गरेका छन ।

    राज्यव्यवस्था तथा सुशासन समितिले दुई वर्षअघि नै विधेयकमाथि दफावार छलफल गरी प्रतिनिधिसभामा प्रतिवेदन पेश गरिसकेको भएपनि हालै सरकारले सो विद्येयक फिर्ता लिएर नयाँ विद्येयक दर्ता गराएको हो ।

    सो विद्येयकमा दलहरुबीच पूर्ण सहमति नभएपनि समितिले विदेशी महिलालाई नागरिकता लिन ७ वर्ष कुर्नुपर्ने संशोधन राख्ने विषय बहुमतले निर्णय गरेको थियो ।

     


    बुधवार, श्रावण ४ २०७९११:५३:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij