Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

स्थानीय निर्वाचनले लोकतन्त्रलाई बलियो बनायो : प्रमुख निर्वाचन आयुक्त

स्थानीय निर्वाचनले लोकतन्त्रलाई बलियो बनायो : प्रमुख निर्वाचन आयुक्त

  • बुधवार, श्रावण ४ २०७९

  • 643
    SHARES

  • स्थानीय निर्वाचनले लोकतन्त्रलाई बलियो बनायो : प्रमुख निर्वाचन आयुक्त

    काठमाडौं। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनले लोकतन्त्र र संघीयतालाई बलियो बनाएको बताउनु भएको छ ।

    आयोग र आमनिर्वाचन पर्यवेक्षण समिति, नेपाल (जियोग) ले बुधबार आयोजना गरेको स्थानीय निर्वाचन, २०७९ को पर्यवेक्षण प्रतिवेदन सार्वजनिक र समीक्षा कार्यक्रममा प्रमुख आयुक्त थपलियाले एकैदिन उत्साहजनक रुपमा ७१ प्रतिशतसम्म मतदान हुनुले निर्वाचनको सफलता मापन गर्न सकिने र प्रदेश सदस्य समेतले राजीनामा गरेर स्थानीय तहको प्रमुखमा उम्मेदवारी दिनुले स्थानीय तहको आकर्षण बढाएको उल्लेख गर्नुभयो ।

    स्थानीय तहको कार्यकाल कहिलेसम्म भन्ने विवाद पनि आगामी निर्वाचनमा उत्पन्न नहुने जनाउँदै उनले निर्वाचन प्रणालीमा सुधारका लागि पर्यवेक्षक संस्थाले दिने वस्तुगत सुझावलाई कार्यान्वयन गरिने बताउनुभयो ।

    निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित र पारदर्शी रुपमा सम्पन्न गर्न पर्यवेक्षकले सहयोगी भूमिका निर्वाह गरेको भन्दै प्रमुख आयुक्त थपलियाले लैंगिक र समावेशिताका आधारमा पनि स्थानीय निर्वाचन सार्थक रहेको बताउनुभयो ।

    आयोगका अन्य आयुक्त, निर्वाचन पर्यवेक्षणका संस्थाहरु, विज्ञ र सरोकारवाला सम्मिलित कार्यक्रमको दोस्रो सत्रमा प्रतिवेदनका आधारमा निर्वाचन कानुन, पर्यवेक्षण व्यवस्था, आचारसंहिता, नागरिक समाज र आमसञ्चारमाध्यमको भूमिका, मतदाता शिक्षा आदिका आधारमा स्थानीय तह निर्वाचनको समीक्षा हुनेछ। आयोगले यसअघि प्रादेशिक रुपमा स्थानीय तह निर्वाचनको समीक्षा गरिसकेको छ।

     


    बुधवार, श्रावण ४ २०७९१२:२६:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij