Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

गठबन्धनको गीत गाएर बस्दा पार्टी कमजोर भयो : नेपाल

गठबन्धनको गीत गाएर बस्दा पार्टी कमजोर भयो : नेपाल

  • बुधवार, श्रावण ४ २०७९

  • 699
    SHARES

  • गठबन्धनको गीत गाएर बस्दा पार्टी कमजोर भयो :  नेपाल

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले गत स्थानीय निर्वाचनमा गठबन्धनको गीत गाएर बस्दा पार्टी कमजोर भएको बताउनु भएको छ ।

    बुधबार काठमाडौंमा आयोजित पार्टीका जनप्रतिनिधिका लागि अभिमुखीकरण कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले गठबन्धनको कुनै भरोसा नभएको बताउनुभयो ।

    ‘गठबन्धनको धेरै भरोसा छैन । गठबन्धनको भर परेपछि अरुको सहारामा बाँच्नुपर्दोरहेछ’ उहाँले भन्नुभयो  ‘अरुको भरमा बाँच्ने मान्छेले केही गर्न सक्दैन । आफ्नै शक्तिमा भरोसा गर्ने, आफ्नै तागतमा जित्छु भन्ने भरोसा भएकाहरुले पार्टीको पनि विश्वास जित्न सक्दा रहेछन् ।’

    आफ्नो आधार र शक्ति बनाउन नसक्नेहरु अरुको आशामा बाँच्नुपर्दौ रहेछ भन्ने उहाँको स्वीकारोक्ति थियो । अध्यक्ष नेपालले आफ्नै तयारी गरेको भए हामीले थप जित्न सक्ने जिकिर गर्नुभयो ।

    आफूभन्दा समाजवादी ठूलो हुन्छ कि भनेर कतिपयको दलहरुको निदहराम भएको उहाँले बताउनुभयो ।

     


    बुधवार, श्रावण ४ २०७९१२:४५:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij