Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

कसले छेक्यो एसपीपी चाहिदैन भनेर पत्र लेख्न ? : झलनाथ खनाल

कसले छेक्यो एसपीपी चाहिदैन भनेर पत्र लेख्न ? : झलनाथ खनाल

  • बिहिवार, श्रावण ५ २०७९

  • 504
    SHARES

  • कसले छेक्यो एसपीपी चाहिदैन भनेर पत्र लेख्न ? : झलनाथ खनाल

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले एमसीसीबारे सरकारले अमेरिकालाई पत्राचार गर्ने भनेर मन्त्रिपरिषदले गरेको निर्णय कार्यान्वयन नगरिएकोमा आपत्ति जनाउनुभएको छ ।

    संसदमा विशेष समय लिएर बोल्दै खनालले देशको कार्यकारी अधिकार कहाँ कोसित छ भनेर प्रश्न गर्नुभयो। खनालले एसपीपी सम्झौता नगर्ने भनेर मन्त्रीपरिषदले एक महिना अगाडि नै निर्णय गरेको स्मरण गराउनुभयो ।


    उहाँले भन्नुभयो, ‘एसपीपी लिन्नौं भनेर तुरुन्तै पत्र लेख्ने भनेको सरकारले अहिलेसम्म पनि लेख्न नसक्नुको कारण के हो ? कार्यकारी अधिकार भएको क्याबिनेटले निर्णय गरिसकेपछि फेरि अरु कसले रोक्न सक्छ यो देशमा ? कि हाम्रो देशको क्याबिनेटभन्दा बाहिर कता छ कार्यकारी अधिकार ?’

    यो विषयलाई चाँडोभन्दा चाँडो समाधान गरेर राष्ट्रिय भावनाको प्रतिनिधित्व गर्न खनालले सरकार र प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभएको छ ।


    बिहिवार, श्रावण ५ २०७९०३:११:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij