Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

भारतमा चुनाव हारेर नेपालमा सांसद हुनेगरी नागरिकता वितरण गर्नु हुँदैन : दुर्गा पौडेल

भारतमा चुनाव हारेर नेपालमा सांसद हुनेगरी नागरिकता वितरण गर्नु हुँदैन : दुर्गा पौडेल

  • शुक्रवार, श्रावण ६ २०७९

  • 796
    SHARES

  • भारतमा चुनाव हारेर नेपालमा सांसद हुनेगरी नागरिकता वितरण गर्नु हुँदैन : दुर्गा पौडेल

    काठमाडौं । राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले जन्मको आधारमा नागरिकता दिन नहुने बताउनुभयो । शुक्रबार प्रतिनिधिसभामा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथि बोल्दै सांसद पौडेलले नेपाल भारत खुला सिमानाका कारण जन्मको आधारमा नागरिकता दिँदा भोलिका दिनमा नेपाली नै अल्पमतमा पर्ने खतरा उत्पन्न हुने बताउनुभयो ।

    विधिशास्त्रीय सिद्धान्तका आधारमा पनि जन्मका आधारमा नागरिकता दिन नहुने र जन्मका आधारमा नागरिकता पाएकाहरुलाई वंशजको नागरिकता दिन नहुने उल्लेख गर्नुभयो ।

    सांसद पौडेलले भन्नुभयो, ‘हाम्रो जस्तो मुलुकको हकमा बुझ्नुपर्ने कुरा के छ भने अंगीकृत नागरिकताको पुरानै प्रावधान छ । त्यो अंगीकृत नागरिकताको प्रावधानलाई अगाडि बढायौं भनेपनि पुग्छ । पहिले जसरी जन्मका आधारमा नागरिकता वितरण भएको थियो, त्यो नागरिकता वितरणमा सर्वोच्च अदालतले रोक लगाएको थियो । त्यो कुरा अहिलेसम्म पनि छानविन भएको छैन । वास्तविक नेपालीले नागरिकता पाउनुपर्छ त्यसमा दुईमत छैन तर भारतमा चुनाव हारेर नेपालको सांसद हुनेगरी नागरिकता वितरण गर्न भएन । यो राष्ट्रियतासँग जोडिएको कुरा छ । अंगीकृत नागरिकता पाउने सांसदले कस्तो कुरा ब्यक्त गरेको हो त्यो संसदमा रेकर्ड भएकै छ । त्यसैले यी कुरालाई मध्यनजर गर्न जरुरी छ ।’

    बाबु र आमा दुवैजना वंशज छन् उनीहरुलाई मात्र वंशजको नागरिकता दिनुपर्ने बताउँदै जन्मकै आधारमा वंशजको नागरिकता दिने कुरा कुनै विधिशास्त्रीय ढंगले पनि नमिल्ने कुरा भएको उल्लेख गर्नुभयो । विदेशी बुहारीलाई अंगीकृत नागरिकता दिन ७ वर्ष कायम राखेर जानुपर्नेमा जोड दिनुभयो ।


    शुक्रवार, श्रावण ६ २०७९०२:१९:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij