Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

हिन्दु राष्ट्र माग्दै राप्रपा नेपाल सडकमा

हिन्दु राष्ट्र माग्दै राप्रपा नेपाल सडकमा

  • शुक्रवार, श्रावण ६ २०७९

  • 990
    SHARES

  • हिन्दु राष्ट्र माग्दै राप्रपा नेपाल सडकमा
    काठमाडौं । राप्रपा नेपालका जन वर्गीय सङ्गठनहरूले विभिन्न मागहरू राख्दै संयुक्त रुपमा राजधानीमा विरोध प्रदर्शन गरेका छन् ।
     
    प्रदेश संरचना खारेज हुनुपर्ने, धर्मनिरपेक्षता खारेज गरी सनातन हिन्दुराष्ट्रको पहिचान कायम हुनुपर्ने, भ्रष्टाचारको अन्त्य गरी भ्रष्टाचारीलाई कारबाही गरिनुपर्ने, रोजगारीको सुनिश्चितता हुनुपर्ने उसको माग छ ।
     
    यस्तै महँगी र कालोबजारी नियन्त्रण गरिनुपर्ने, वैदेशिक हस्तक्षेप अन्त्य हुनुपर्ने माग गर्दै माइतीघर मण्डलाबाट जुलुस निकालिएको छ । प्रदर्शनमा जन वर्गीय सङ्गठनका नेता, कार्यकर्तासँगै पार्टीका नेताहरूको समेत सहभागिता छ ।
     
    राप्रपा नेपाललाई पुनर्जागृत गरेपछि पछिल्लो समय कमल थापा नेतृत्वमा रहेको राप्रपा नेपाल सङ्गठन निर्माणसँगै सडक केन्द्रित भएको पार्टीका महामन्त्री राजाराम बर्तौलाले बताउनुभयो । 
     


    शुक्रवार, श्रावण ६ २०७९०४:२५:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij