Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

मंकीपक्सको भयावह हुँदैछ, सरकार किन मौन : सासद भट्टराई

मंकीपक्सको भयावह हुँदैछ, सरकार किन मौन : सासद भट्टराई

  • मंगलवार, श्रावण १० २०७९

  • 668
    SHARES

  • मंकीपक्सको भयावह हुँदैछ, सरकार किन मौन : सासद भट्टराई

    काठमाडौं । मंकीपक्सको संक्रमणबाट बच्न पूर्व तयारी नगरेको भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले सरकारको ध्यानाकर्षण गराएको छ ।

    प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा एमाले सांसद योगेश भट्टराईले मंकीपक्सले सम्पन्न देशहरुलाई समेत हायल कायम बनाएको बताउनुभयो ।

    हालसम्म विश्वमा १८ हजार १९४ जना संक्रमित भएको र ५ जनाको मृत्यु भएपछि विश्व स्वास्थ्य संगठनले विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको उहाँले सुनाउनुभयो ।

    भारतमा समेत चार वटा केस देखिएको भन्दै उहाँले नेपाल भयानक अवस्थाबाट टाढा नरहेको बताउनुभयो । सीमा नाकामा कडाइ तथा चेकजाँच गर्ने, आम जनतालाई सचेत गराउने जस्ता कदम चाल्नुपर्ने भन्दै एमाले सचिव भट्टराईले सरकार मौन बसेको आरोप लगाउनुभयो ।


    मंगलवार, श्रावण १० २०७९०१:४५:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij