Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

मंसिर ४ मा प्रदेश र प्रतिनिधिसभाको निर्वाचन मिति : थपलिया

मंसिर ४ मा प्रदेश र प्रतिनिधिसभाको निर्वाचन मिति : थपलिया

  • मंगलवार, श्रावण १० २०७९

  • 1.0K
    SHARES

  • मंसिर ४ मा प्रदेश र प्रतिनिधिसभाको निर्वाचन मिति : थपलिया

    काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि आउँदो मन्त्रिपरिषद् बैठकले मिति तोक्न सक्ने बताउनुभएको छ ।


    ‘आयोगले सम्पूर्ण व्यहोरासहित एकैचरणमा प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचन मंसिर ४ गते गर्न मिति सिफारिस गरिसकेको छ, अब मन्त्रिपरिषद्ले मिति तोक्न बाँकी हो,’ प्रमुख आयुक्त थपलियाले भन्नुभयो ।

    आयोगले यसअघि नै सरकारलाई निर्वाचनको मितिबारे परामर्श दिइसकेको छ । प्रमुख निर्वाचन आयुक्त थपलियाले आयोगको सिफारिसअनुसारै सरकारले निर्वाचनको मिति तोक्ने अपेक्षा रहेको बताउनुभयो ।

    प्रमुख निर्वाचन आयुक्त थपलियाले संघ र प्रदेशको निर्वाचन स्थानीय तह निर्वाचनभन्दा कम खर्चिलो हुन सक्ने बताउनुभयो ।


    प्रमुख आयुक्त थपलियाले स्थानीय तह निर्वाचनमा आयोगले विगतभन्दा निकै ठूलो रकममा खर्च कटौती गरेको पनि दाबी गर्नुभयो ।


    मंगलवार, श्रावण १० २०७९०५:४२:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij