Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

लोकप्रिय मतमा कांग्रेस पहिलो, एमालेको दाबी फेल

लोकप्रिय मतमा कांग्रेस पहिलो, एमालेको दाबी फेल

  • मंगलवार, श्रावण १० २०७९

  • 5.2K
    SHARES

  • लोकप्रिय मतमा कांग्रेस पहिलो, एमालेको दाबी फेल
    काठमाडौं । निर्वाचन आयोगले ३० वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा लोकप्रिय मतमा पनि नेपाली कांग्रेस पहिलो भएको तथ्यांक सार्वजनिक गरेको छ ।​
     
    आयोगले निर्वाचनका सम्बन्धमा जानकारी दिन मंगलबार(आज) आयोजना गरेको पत्रकार सम्मेलनमार्फत यस्तो तथ्यांक सार्वजनिक गरिएको हो ।​
     
    सार्वजनिक मत विवरणमा आयोगले नेपाली कांग्रेसले दोस्रो स्थानमा रहेको नेकपा एमालेले भन्दा करिब १ लाख ४४ हजार ५९१ मत बढी ल्याएको उल्लेख गरेको छ ।
     
    वडाध्यक्षतर्फ नेपाली कांग्रेसले ३९ लाख ५६ हजार १ सय ९३ मत पाएको आयोगको तथ्यांकमा उल्लेख छ । दोस्रो स्थानमा रहेको एमालेले ३८ लाख ११ हजार ६०२ मत पाएको छ ।
     
    यसैगरी १५ लाख ३ हजार २४७ मत पाएर माओवादी तेस्रो, ५ लाख ७७ हजार ३ सय ८० मत पाएर जनता समाजवादी पार्टी चौथो, ४ लाख २२ हजार ७ सय ३७ मत पाएर एकीकृत समाजवादी पाँचौं, ३ लाख ६४ हजार १ सय ६० मत पाएर राष्ट्रिय प्रजातन्त्र पार्टी छैटौं र २ लाख ४४ हजार ८ सय ८२ मत पाएर लोकतान्त्रिक समाजवादी पार्टी सातौं भएको आयोगले जनाएको छ ।
     
    यसअघि एमालेले लोकप्रिय मतमा आफूहरू पहिलो भएको दाबी गर्दै आएको थियो ।
     
    प्रमुख तथा अध्यक्षमा जीतका आधारमा भने कांग्रेस एमालेभन्दा निकै अगाडि छ । कांग्रेसले ३ सय २९ स्थानमा जीत हात पार्दा एमालेले २ सय ६ स्थानमा जितेको छ ।


    मंगलवार, श्रावण १० २०७९०५:५७:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij