Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

काठमाडौँमा अहिलेसम्मकै धेरै संक्रमित फेला, देशभर कति?

काठमाडौँमा अहिलेसम्मकै धेरै संक्रमित फेला, देशभर कति?

  • बुधवार, भाद्र १० २०७७

  • 1.5K
    SHARES

  • काठमाडौँमा अहिलेसम्मकै धेरै संक्रमित फेला, देशभर कति?


    काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा ८८५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
    मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार १३ हजार २ सय ५३ जनाको पीसीआर परीक्षण गर्दा ८८५ जनामा संक्रमण देखिएको हो।

    योसँगै हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ३४ हजार ४१८ पुगेको छ। पछिल्लो चौबिस घण्टामा कोरोना भाइरस संक्रमण निको भएर ३८५ जना घर फर्किएका छन् ।

    हालसम्म १९ हजार ५०४ जना घर फर्किएका छन्। यस्तैै काठमाडौँ उपत्यकामा थप ३०१ संक्रमित देखिएका छन्।

    पछिल्लो चौबिस घण्टामा काठमाडौँमा २३०, ललितपुरमा ४७ र भक्तपुरमा २४ जना संक्रमित देखिएका हुन्।


    बुधवार, भाद्र १० २०७७०४:३८:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij