Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

त्रिविले एक वर्षसम्म दिएन स्नातक पहिलो वर्षको नतिजा

त्रिविले एक वर्षसम्म दिएन स्नातक पहिलो वर्षको नतिजा

  • बिहिवार, श्रावण १२ २०७९

  • 716
    SHARES

  • त्रिविले एक वर्षसम्म दिएन स्नातक पहिलो वर्षको नतिजा
    काठमाडौं । २०७८ साउनमा भएको स्नातक प्रथम वर्षको परीक्षाको नतिजा त्रिभुवन विश्वविद्यालयले अझै सार्वजनिक गरेको छैन ।
     
    नतिजा सार्वजनिक नहुँदा विद्यार्थी अन्योलमा परेका छन् । परीक्षा नियन्त्रक पुष्पराज जोशीले भने नतिजा सार्वजनिक हुने क्रममा रहेको र कतिपय विषयको सार्वजनिक हुन थालेको बताउनुभयो । 
     
    विविध समस्याले गर्दा समयमा नतिजा प्रकाशन गर्न ढिलाइ भइरहेको बताउनुभयो । 
     
    कोभिड–१९ महामारीका कारण स्नातक तहको तेस्रो वर्षको परीक्षा सरेर चैतमा मात्रै भएको थियो । तेस्रो वर्षको नतिजा पनि अझै सार्वजनिक हुन सकेको छैन ।
     
    स्नातक तेस्रो वर्षको नतिजा अझै नआउँदा स्नातकोत्तर तहको पहिलो सेमेष्टर फागुनभित्र भर्ना हुनुपर्ने अझै पनि हुन सकेको छैन । त्यसैले त्रिवि अन्तर्गतका क्याम्पस तथा विभागहरूको स्नातकोत्तर तहको पहिलो सेमेष्टर विद्यार्थी विहीन रहेका छन् ।


    बिहिवार, श्रावण १२ २०७९०५:२५:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij