Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

अर्थमन्त्री प्रकरण : संसदीय विशेष समितिको प्रतिवेदन तयार, के छ प्रतिवेदनमा ?

अर्थमन्त्री प्रकरण : संसदीय विशेष समितिको प्रतिवेदन तयार, के छ प्रतिवेदनमा ?

  • बिहिवार, श्रावण १२ २०७९

  • 1.2K
    SHARES

  • अर्थमन्त्री प्रकरण : संसदीय विशेष समितिको प्रतिवेदन तयार, के छ प्रतिवेदनमा ?
    काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय विशेष समितिले प्रतिवेदन तयार पारेको छ । बिहीबार दिनभर सिंहदरबारमा प्रतिवेदन लेखनमा जुटेको विशेष समितिले साँझ काम सकेको समितिका एक सदस्यले जानकारी दिएका छन् ।
     
    ती सदस्यका अनुसार सो प्रतिवेदन शुक्रबार सभामुख अग्निप्रसाद सापकोटाको समय लिएर बुझाउने तयारी छ । समितिका सदस्यहरूले प्रतिवेदनको निष्कर्षबारे जानकारी गराएका छैनन् ।
     
    आर्थिक वर्ष २०७९–८० को बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेश गराएर करको दर हेरफेर गराएको भनी तत्कालीन अर्थमन्त्री शर्मामाथि प्रश्न उठेपछि प्रतिनिधिसभाले २२ असारमा संसदीय छानबिन विशेष समिति गठन गरेको थियो ।
     
    सुरुमा १० दिन अवधि तोकिएको समितिले काम नसकेपछि ७ दिन थप गरिएको थियो । सो ७ दिनको म्याद बिहीबार सकिएको छ । समितिले अर्थ मन्त्रालयको सीसीटीभी फुटेज हेर्नुका साथै बजेट निर्माणमा संलग्न अधिकारी र पूर्वअर्थमन्त्री शर्मासँग पनि छलफल गरेको थियो ।
     
    तर समितिले १४ जेठको रातिको सीसीटीभी फुटेज पाउन सकेन भने छलफल गरेका अर्थका अधिकारी र पूर्वअर्थमन्त्री शर्माले अनधिकृत व्यक्तिको प्रवेश अस्वीकार गर्नुभएको थियो । 
     


    बिहिवार, श्रावण १२ २०७९०७:३४:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij