Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

यो प्रदेश तथा संघीय निर्वाचन मेरो लास्ट इनिङ्स हुनसक्छ : प्रचण्ड 

यो प्रदेश तथा संघीय निर्वाचन मेरो लास्ट इनिङ्स हुनसक्छ : प्रचण्ड 

  • शनिवार, श्रावण १४ २०७९

  • 997
    SHARES

  • यो प्रदेश तथा संघीय निर्वाचन मेरो लास्ट इनिङ्स हुनसक्छ : प्रचण्ड 
    काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आउँदो प्रदेश तथा संघीय निर्वाचन आफ्नो अन्तिम कार्यकाल हुनसक्ने बताउनुभएको छ ।  
     
    शनिबार काठमाडौंमा आयोजित सम्पर्क समन्वय प्रदेशस्तरीय राजनीतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले आउँदो चुनाव लास्ट इनिङ्स होस् भन्नुभयो ।
     
    स्थानीय तहको निर्वाचनमा पार्टीले गरेको आङ्कलनअनुसार नतिजा नआएको पनि बताउनुभयो । पार्टीले १७५ सिटको आङ्कलन गर्दा पनि पहिले जितेका झन्डै ५० सिटलाई जोगाउन नसक्दा आफूहरूले सोचेअनुसारको नतिजा नआएको बताउनुभयो । 
     
    त्यही अनुभवलाई लिएर अबको बागडोर माओवादी केन्द्रको हातमा आउने बताउनुभयो ।  
     
    ‘त्यो अनुभव लिएर हामी जाँदैछौं र हामी बन्छौं। हामी त्यसरी जाँदा देशको बागडोर हाम्रै हातमा आउँछ। र हामीले एकचोटी देशलाई यसरी विकास, सुशासन, समृद्धि भनेर देखाउनु छ,’ उहाँले भन्नुभयो, ‘मलाई नै भन्नुहुन्छ भने हुनसक्छ मेरो यो लास्ट इनिङ्स। यो लास्ट इनिङ्स चाहिँ पछि सम्मको सन्ततिलाई सम्झिनेगरी देशलाई केही चिज दिने सपना मैले राखिराखेको छु।’
     
    अबको निर्वाचनमा माओवादी केन्द्र देशकै पहिलो पार्टी नभएपनि वामपन्थी पार्टीहरू मध्ये भने पहिलो हुने प्रचण्डले बताउनुभयो। 
     
    ‘आउँदो प्रदेश र सङ्घको निर्वाचनमा स्थानीय तहको अनुभवलाई समीक्षा गरेर हामी तालमेल गर्दा पनि हामी पहिलो हुने हो। कम्तीमा पनि लेफ्ट मुभमेन्टको पहिलो हुने पुरै सम्भावना छ,’ उहाँले भन्नुभयो। 
     
    यसबारेमा कांग्रेसका नेताहरूसँग पनि कुराकानी गरेको बताउनुभयो। यसमा कांग्रेसले सहयोग गरे सबै चिजहरू सहज रूपमै अघि बढ्ने र सहयोग नगरेमा भने सहज रूपले अघि नबढ्ने प्रचण्डले चेतावनी समेत दिनुभएको छ ।  
     


    शनिवार, श्रावण १४ २०७९०४:१६:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij