Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

एमालेले एम अधिकारीलाई सीसीटीभी फुटेजसँग साट्यो : रवि लामिछाने

एमालेले एम अधिकारीलाई सीसीटीभी फुटेजसँग साट्यो : रवि लामिछाने

  • शनिवार, श्रावण १४ २०७९

  • 972
    SHARES

  • एमालेले एम अधिकारीलाई सीसीटीभी फुटेजसँग साट्यो : रवि लामिछाने
    काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसमेतको मिलेमतोमा पूर्वअर्थमन्त्री जनार्दन शर्माको कमजोरी ढाकछोप गरिएको आरोप लगाउनुभएको छ ।  
     
    शनिबार धनगढीमा आयोजित पार्टीको कार्यक्रममा लामिछानेले शर्मामाथिको संसदीय छानबिनमा एमालेले समेत शर्माको कमजोरी लुकाउन सहयोग गरेको टिप्पणी गर्नुभएको हो । 
     
    नेकपा एमालेको अर्थ तथा योजन विभागको सदस्य रहेका एम अधिकारी गभर्नर महाप्रसाद अधिकारी नै रहेको भन्दै नेकपा माओवादी केन्द्रलगायत सत्तारुढ दल र तिनका भ्रातृ सङ्गठनले गभर्नरको राजीनामा मागेका थिए । लामिछानेले पूर्वअर्थमन्त्री शर्मामाथिको छानबिनमा यही कारण एमाले मौन रहेको आरोप लगाउनुभयो । 
     
    विश्वले सूचना प्रविधिमा फड्को मारिरहेका बेला सरकारले सीसीटीभी फुटेज रिकभर हुँदैन भनेर नागरिकमाथि भद्दा मजाक गरिरहेको टिप्पणी गर्दै लामिछानेले अब जनतालाई जे भनेपनि हुन्छ भन्ने मानसिकता अन्त्य गर्न युवाहरू जाग्नुपर्ने बताउनुभयो । 
     
    लामिछानेले भ्रष्टाचार र बेतिथिको अन्त्य गर्न राष्ट्रिय स्वतन्त्र पार्टीले अगुवाइ गर्ने समेत दाबी गर्नुभयो । 
     
    उहाँले देशभर स्वतन्त्र उम्मेदवारसँगको समन्वय र सहकार्य समेत सुरु भइसकेको बताउनुभएको छ । लामिछानेको पार्टीले आयोजना गरेको सुदूरपश्चिम प्रदेश भेलालाई स्वतन्त्र उम्मेदवारी दिएर धनगढी उपमहानगरपालिकाको मेयरमा निर्वाचित भएका गोपाल हमालले समेत सम्बोधन गर्नुभएको थियो । 


    शनिवार, श्रावण १४ २०७९०७:३७:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij