Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

चाबहिलमा खाजा पसल सञ्चालिकालाई बन्धक बनाएर लुटपाट

चाबहिलमा खाजा पसल सञ्चालिकालाई बन्धक बनाएर लुटपाट

  • शनिवार, श्रावण १४ २०७९

  • 857
    SHARES

  • चाबहिलमा खाजा पसल सञ्चालिकालाई बन्धक बनाएर लुटपाट

    काठमाडौं । काठमाडौंको चाबहिलमा खाजा पसल चलाएर बस्ने ५३ वर्षीया महिला लुटिएकी छिन् । साउन ८ मा बिहान ३ बजे कुकुरलाई दिशा गराउन खाजा पसलको सटर खोल्दा सुनसरीको धरान उपमहानगरपालिका–१० घर भएकी भीम कुमारी लिम्बु लुटिएकी हुन् ।

    होटलमा अचानक प्रवेश गरेका चार–पाँच जना युवाहरूले भीम कुमारीलाई हात, खुट्टा र मुखमा टेपले बाँधेर लुटेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी दिनेशराज मैनालीले बताउनुभयो । भीमकुमारीलाई कुटपिट गरेर लुटेराहरूले सुनको सिक्री, कुण्डल, औँठी र नगद डाँका गरेका हुन् ।

    लुटपाट गर्ने र लुटेको सामान किन्ने ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर घर भएका २४ वर्षीय उत्तम तामाङ, काठमाडौँको गोकर्णेश्वर घर भएका २२ वर्षीय भूपाल श्रेष्ठ, सिन्धुपाल्चोक घर भएका २४ वर्षीय कबिरजंग कुँवर र २२ वर्षका कल्याण कुमार सुवेदी तथा सुनको सिक्री किन्ने ४५ वर्षीय बुनु श्रेष्ठ छन् । सिन्धुपाल्चोकको तौथली घर भई चाबहिल बस्ने ४५ वर्षीय बुनु श्रेष्ठले लुटेको सुनको सिक्री किनेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

    लुटमा संलग्नहरूलाई कपन, जोरपाटी र माकलबारीबाट पक्राउ गरेर ‘डाँका गर्न नहुने’ कसुरमा प्रहरी वृत गौशालाले अनुसन्धान गरिरहेको छ । लुटेरा समूहले कुट्दा खाजा घर सञ्चालिकको दुईवटा दाँत भाँचिएको छ । भीम कुमारीको सुरुवाल खोलेर उनीहरूले खुट्टा बाँधेको अनुसन्धान संलग्न एकजना अधिकृतले बताए । प्रहरीले लुटिएको २२ हजार नगद, सुनको कुण्डल र औँठी लगायतका सामान बरामद गरेको छ ।


    शनिवार, श्रावण १४ २०७९०८:२४:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij