Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

अर्थमन्त्रीमा शर्मालाई नियुक्त गर्ने तयारी, प्रधानमन्त्री भेट्न प्रचण्ड बालुवाटारमा

अर्थमन्त्रीमा शर्मालाई नियुक्त गर्ने तयारी, प्रधानमन्त्री भेट्न प्रचण्ड बालुवाटारमा

  • आइतवार, श्रावण १५ २०७९

  • 730
    SHARES

  • अर्थमन्त्रीमा शर्मालाई नियुक्त गर्ने तयारी, प्रधानमन्त्री भेट्न प्रचण्ड बालुवाटारमा

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुग्नुभएको छ । माओवादीबाट अर्थमन्त्री नियुक्त गर्नेबारे छलफलका लागि प्रचण्ड बालुवाटार पुग्नुभएको हो।

    माओवादी केन्द्र अध्यक्ष प्रचण्ड निकटका एक पोलिटब्युरो सदस्यका अनुसार माओवादीले जनार्दन शर्मालाई नै अर्थमन्त्री बनाउनका लागि नाम पठाइसकेको छ । प्रचण्डले आजै शर्मालाई अर्थमन्त्रीमा नियुक्त गर्ने आग्रह गर्ने स्रोतले बतायो । शर्माको शपथको कार्यक्रम प्रधानमन्त्री तथा राष्ट्रपतिको कार्यालयले तय गर्ने छ।

    बजेट निर्माणका क्रममा करका दर हेरफेरमा भूमिका खेलेको आरोपमा संसदीय छानबिन समिति गठन भएपछि शर्माले राजीनामा दिनुभएको थियो । तर, संसदीय छानबिन समितिले शर्मालाई निर्दोष ठहर गरेको छ । शर्मा निर्दोष भएसँगै उहाँलाई नै अर्थमन्त्री बनाउन लागिएको हो ।


    आइतवार, श्रावण १५ २०७९११:५२:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij