Jul 30 2026 | २०८३, श्रावण १४ गते

२०८३, श्रावण १४ गते
  • यो साता चर्चामा :
images

बैतडीबाट तीन वर्षमा हराए २ सय जना

बैतडीबाट तीन वर्षमा हराए २ सय जना

  • आइतवार, श्रावण १५ २०७९

  • 635
    SHARES

  • बैतडीबाट तीन वर्षमा हराए २ सय जना
    काठमाडौं । भारतसँग सीमा जोडिएको जिल्ला बैतडीबाट पछिल्लो तीन वर्षमा करिब दुई सय जना हराएका छन् । आर्थिक वर्ष २०७६-७७ देखि २०७८-७९ सम्म एक सय ८९ जना हराएका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिनुभयो । 
     
    उहाँका अनुसार आव २०७६-७७ मा ४५, २०७७-७८ मा ६०, आव २०७८-७९ मा ८४ जना हराएका हुन् । 
     
    सो अवधिमा हराएकामध्ये अधिकांश महिला तथा बालबालिका रहेका छन् । हराएकामध्ये आव २०७६–७७ मा ३८, २०७७-७८ मा ३९, आव २०७८-७९ मा ५३ जना फेला परिसकेका छन् । उनसाठी जना अझै सम्पर्कविहीन रहेका छन् ।
     
    हराएकाको अझै पनि जिल्लास्थित मातहतका प्रहरी चौकी तथा छिमेकी जिल्लामा हुलिया एवं तस्बिरसहित पत्राचार गरिएको र खोजी भइरहेको छ ।  हराउने महिला तथा बालबालिकामध्ये केही प्रहरीको सक्रियतामा भेटिन्छन् भने केही आफन्तकै पहलमा भेटिने गरेका छन् । हराउने बेला प्रहरीलाई खबर गर्ने गरेका भए पनि धेरै जना भेटिएका भए पनि प्रहरीमा खबर नगर्ने प्रहरीको भनाई छ ।   
     
    पछिल्ला केही वर्षदेखि बैतडीबाट महिला तथा बालबालिका हराउनेक्रम बढिरहेको प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक रमेश पालले बताउनुभएको छ ।  


    आइतवार, श्रावण १५ २०७९०२:४५:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij