काठमाडौं । ब्राजिलका लागि नेपालका आवासीय राजदूतमा निर्मलराज काफ्ले नियुक्त हुनुभएको छ।
संविधानको धारा २८२ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले काफ्लेलाई आवासीय राजदूतमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । काफ्लेको यसअघि नै संसदीय सुनुवाइ प्रक्रिया सकिएको थियो ।