Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

पेट्रोलियम ढुवानी व्यवसायीद्वारा आन्दोलनको घोषणा

पेट्रोलियम ढुवानी व्यवसायीद्वारा आन्दोलनको घोषणा

  • आइतवार, श्रावण १५ २०७९

  • 706
    SHARES

  • पेट्रोलियम ढुवानी व्यवसायीद्वारा आन्दोलनको घोषणा
    काठमाडौं । पेट्रोलियम पदार्थको ढुवानी गर्दै आएका व्यवसायीले सोमबारदेखि देशव्यापी आन्दोलनको घोषणा गरेका छन् । 
     
    पेट्रोलियम पदार्थको ढुवानी भाडा समायोजनसहितका तीन बुँदे माग गर्दै व्यवसायीले आन्दोलनको घोषणा गरेका हुन् ।
     
    नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासङ्घले जारी गरेको विज्ञप्तिमा सोमबारदेखि हवाई इन्धनको ढुवानी रोक्ने उल्लेख छ ।  यस्तै, २० गतेदेखि देशभरका पेट्रोलियम ढुवानी ट्याङ्करहरूले पीडीओ नलिने पनि जनाइएको छ । 
     
    यसका साथै, २१ गतेदेखि सम्पूर्ण ट्याङ्करबाट लोड/अनलोड नगर्ने उनीहरूले चेतावनी दिएका छन् । 
     
    हालको ढुवानी भाडाबाट ट्याङ्कर सञ्चालन गर्न नसकिने महासङ्घको भनाइ छ । यदि आयल निगमले सञ्चालन गर्न चाहेमा ट्यांक उपलब्ध गराउने समेत महासङ्घद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।


    आइतवार, श्रावण १५ २०७९०४:४७:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij