Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

देशको नेतृत्व गर्न पाए २४ घन्टाभित्रै बेथितिको भ्वाङ पुर्छु : रवि लामिछाने 

देशको नेतृत्व गर्न पाए २४ घन्टाभित्रै बेथितिको भ्वाङ पुर्छु : रवि लामिछाने 

  • आइतवार, श्रावण १५ २०७९

  • 1.3K
    SHARES

  • देशको नेतृत्व गर्न पाए २४ घन्टाभित्रै बेथितिको भ्वाङ पुर्छु : रवि लामिछाने 
    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका संयोजक रवि लामिछानेले देशको नेतृत्व गर्ने अवसर पाए २४ घन्टाभित्रै बेथितिको भ्वाङ पुर्ने ठोकुवा गर्नुभएको छ । 
     
    आइतबार कञ्चनपुरको महेन्द्रनगरमा आयोजित राष्ट्रिय स्वतन्त्र पाटीकोे जिल्ला भेलालाई सम्बोधन गर्दै संयोजक लामिछानेले मुलुकलाई बेथितिको चङ्गुलबाट मुक्त गराउने आफ्नो पार्टीको सङ्कल्प रहेको बताउनुभयो ।  
     
    ‘म जहाँ रहन्छु, अन्याय, बेथितिविरुद्ध बोलिरहन्छु,’ उहाँले भन्नुभयो, ‘नागरिकका समस्या थुप्रै छन्, ती समस्या समाधान गर्छु । मेरो नेतृत्वमा सरकार बने २४ घन्टाभित्रै बेथितिको भ्वाङ पुर्छु,’। 
     
    सिद्धान्त राम्रो भएका दलहरूले जनताको समस्याबारे ध्यानै नदिएकाले आफ्नो पार्टीले जनताको जीवन परिवर्तन गर्ने बताउनुभयो ।  ‘जेल पठाउने रोज्ने कि, विभिन्न अपराध गरेर जेल जानेलाई रोज्ने,’ संयोजक लामिछानेले भन्नुभयो, ‘जनतालाई अब जवाफ होइन समाधान दिन्छौँ ।’
     
    आफूबाट देशलाई बिग्रार्ने काम नहुने प्रतिबद्धता जनाउँदै लामिछानेले देशका तमाम बेथितिको अन्त्य गरेर जनताको अवस्था परिवर्तन गर्ने बताउनुभयो ।
     
    लामिछानेले आगामी निर्वाचनबाट स्वतन्त्र पाटीले बहुमतको सरकार, अर्को पटकको निर्वाचनमा दुई तिहाइ बहुमत ल्याउने अपेक्षा राखेको समेत बताउनुभयो । 


    आइतवार, श्रावण १५ २०७९०४:५७:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij