Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

अर्थमन्त्री जनार्दन शर्माको पदभार ग्रहणमा अर्थ सचिव नै अनुपस्थित

अर्थमन्त्री जनार्दन शर्माको पदभार ग्रहणमा अर्थ सचिव नै अनुपस्थित

  • आइतवार, श्रावण १५ २०७९

  • 1.2K
    SHARES

  • अर्थमन्त्री जनार्दन शर्माको पदभार ग्रहणमा अर्थ सचिव नै अनुपस्थित
    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा पुनः अर्थमन्त्री भएर अर्थमन्त्रालयमा पदभार ग्रहण गर्न आउने बेला अर्थ सचिव मधुकुमार मरासिनी नै बिदा वा कार्यक्रम कहाँ हो भन्ने नै अन्योल भएको छ ।
     
    अर्थमन्त्रालयका प्रवक्ता ढुण्डीप्रसाद निरौलाले बिदा वा कुनै कार्यक्रममा हो भन्ने जानकारी नभएको बताउनुभयो । 
     
    अर्थमन्त्री शर्माको कारण समस्यामा परेको भन्दै अर्थ सचिव मरासिनीले शर्मा मन्त्रीका कारणले समस्यामा परेको भन्दै अनिश्तिकालीन बिदामा बस्नुभएको थियो ।
     
    आज अर्थमन्त्रीको पदभार कार्यक्रमको तयारी भइरहेका बेला उनी अर्थमन्त्रालयमा देखिनुभएको  छैन । शर्मा र मारासिनीबीच बजेट निर्माणमा करका दर हेरफेर गर्न बाहिरी मान्छे ल्याएको विषय बाहिर आएपछि सम्बन्धमा दरार आएको थियो ।
     
    अर्थमन्त्रीमाथि भएको छानबिन समितिलाई बयान दिँदा उहाँले आफूमाथि मानसिक दबाब भएर बिदामा बसेको बताउनुभएको थियो । आज मन्त्रीको पदभारको कार्यक्रममा नदेखिँदा बिदा वा कतै कार्यक्रममा भएको हो मन्त्रालयले नै अन्योल छ ।


    आइतवार, श्रावण १५ २०७९०६:१६:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij