Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

कांग्रेसको बुई चढेर मुलुकको दोस्रो दल बन्ने प्रचण्डको हुटहुटी (खास खबर) 

कांग्रेसको बुई चढेर मुलुकको दोस्रो दल बन्ने प्रचण्डको हुटहुटी (खास खबर) 

  • आइतवार, श्रावण १५ २०७९

  • 617
    SHARES

  • कांग्रेसको बुई चढेर मुलुकको दोस्रो दल बन्ने प्रचण्डको हुटहुटी (खास खबर) 
    काठमाडौं । चालु आर्थिक वर्षको बजेट निर्माणका क्रममा करको दर हेरफेरमा अनधिकृत व्यक्तिको संलग्नता नदेखिएको संसदीय छानबिन समितिको निष्कर्ष सहितको प्रतिवेदन हिजो मात्र सार्वजनिक भयो । तर नेकपा एमालेले समितिको प्रतिवेदन मान्य नहुने बताएको छ । 
     
    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बहुमत र अल्पमतको आधारमा प्रतिवेदन ल्याइएको भन्दै संसदीय समितिको प्रतिवेदन मान्न नसकिने बताउनु भएको हो । 
     
    यता नेकपा माओवादी केन्द्रका नेता देवप्रसाद गुरुङले नेकपा एमालेले अर्थमन्त्री प्रकरणलाई प्रतिपक्षी मानसिकतामा राजनीतिक मुद्दाका रुपमा उचालिरहेको आरोप लगाउनु भएको छ । 
     
    विशुद्ध प्रतिपक्षी मान्यतामा आग्रह र पूर्वाग्रह राखेर यसलाई राजनीतिक मुद्दाका रुपमा हेर्न खोजिएको उहाँको तर्क छ ।
     
    प्रतिवेदनका विषयमा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले कानुनलाई आफ्नो तरिकाले व्याख्या गरेर जे पायो त्यही गर्न नमिल्ने भन्दै, अर्थमन्त्रालयले यसको जिम्मा लिने कि नलिने भनेर प्रश्न गर्नुभयो ।  
     
    यता, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी भने प्रमाण फेला नपारेपछि तत्कालीन  अर्थमन्त्रीको जबरजस्ती कमजोरी हो भनेर भन्न नमिल्ने तर्क गर्नुहुन्छ ।
     
    अर्कोतिर संसदीय छानबिन समितिको प्रतिवेदन आइसकेपछि पुनः जनार्दन शर्मालाई नै अर्थमन्त्रीका रुपमा पठाउने बहस पनि सुरु भएको छ । 
    शर्मालाई अर्थमन्त्रालय पठाउनेबारे माओवादी केन्द्रका प्रमुख सचेतक गुरुङले पार्टीमा सल्लाह हुने बताउनुभएको छ । 
     
    यस्तै एमाले नेता खगराज अधिकारी अर्थमन्त्रीमा पुनः शर्मालाई असहमति राख्दै शर्माबारे भण्डाफोर गर्ने बताउनुहुन्छ । उहाँले अवैध धन्दाबारे एमाले आँखा चिम्लेर नबस्ने चेतावनी दिनुभयो । 
     
    बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेशबारे छानबिन गर्न गठित ११ सदस्यीय संसदीय समीतीमा एमालेका ४ जना र बाँकी कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका सांसदहरू थिए ।
    प्रतिवेदन सार्वजनिक भइसकेपछि पनि नेकपा एमालेले मान्य नहुने आवाज उठाएपछि यो विषय थप पेचिलो बन्ने देखिएको छ ।  
     


    आइतवार, श्रावण १५ २०७९०८:२९:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij