Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

विदेशी मजदुरको लागत सङ्कलन गर्न श्रम मन्त्रालयलाई निर्देशन

विदेशी मजदुरको लागत सङ्कलन गर्न श्रम मन्त्रालयलाई निर्देशन

  • सोमवार, श्रावण १६ २०७९

  • 683
    SHARES

  • विदेशी मजदुरको लागत सङ्कलन गर्न श्रम मन्त्रालयलाई निर्देशन
    काठमाडौं । संसदीय समितिले नेपाली उद्योगमा विदेशी मजदुरहरु राखिएको विषयमा श्रम विभागलाई अनुगमन गरेर लागत सङ्कलन गर्न निर्देशन दिएको छ । 
     
    सोमवार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले वैदेशिक रोजगार र श्रम सम्बन्धी समस्याका विषयमा श्रम मन्त्रीसँगको छलफलपछि समितिले यस्तो निर्देशन दिएको हो ।
     
    समिति सभापति विमलप्रसाद श्रीवास्तवले नेपाली उद्योगमा विदेशी कामदारको लागत सङ्कलन गरी विदेशी कामदारको ठाउँमा स्वदेशी कामदार राख्न निर्देशन दिनुभयो । 
     
    सभापति श्रीवास्तवले कतार, इजरायल तथा दक्षिण कोरियामा अहिलेसम्म श्रम मन्त्रालयबाट भए, गरेका कार्य प्रगतिको विवरण समितिमा पठाउन मन्त्रालयलाई निर्देशन दिनुभयो ।
     
    सभापति श्रीवास्तवले नेपाली उद्योगमा स्वदेशी कामदार राख्ने विषयमा आपसी सहयोगका लागि समिति सदस्यहरूलाई पनि सहभागी गराउन निर्देशन दिनुभयो । 
     
    समितिले सम्बन्धित मन्त्रालयहरू उद्योग,श्रम र भौतिक पूर्वाधार तथा अन्य निकायहरूसँग समन्वय गरी श्रम मन्त्रालयको नेतृत्वमा छलफल गरेर उद्योग मजदुरको समस्याको विषयमा श्रम मन्त्रालयले पहल गर्न मन्त्रालयलाई निर्देशन दिएको छ । 


    सोमवार, श्रावण १६ २०७९०४:१२:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij