Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

अर्थमन्त्रीको सुरक्षामा कडाइ 

अर्थमन्त्रीको सुरक्षामा कडाइ 

  • मंगलवार, श्रावण १७ २०७९

  • 1.0K
    SHARES

  • अर्थमन्त्रीको सुरक्षामा कडाइ 
    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा सहभागी हुने सार्वजनिक कार्यक्रमहरूमा सुरक्षा व्यवस्था कडा बनाउन थालिएको छ ।
     
    मङ्गलवार अनामनगरमा आयोजित एक कार्यक्रममा सहभागी हुन पुग्नुभएको अर्थमन्त्री बाक्लो सुरक्षा घेरामा हुनुहुन्थ्यो। अनामनगरबाट डबलीसम्म जाने बाटो, गल्लीहरूमा धेरै संख्यामा प्रहरीहरू तैनाथ गरिएका थिए ।
     
    अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी केन्द्र) द्वारा आयोजित ३०औँ किसान सहिद दिवस तथा ६९ औँ भीमदत्त पन्त स्मृति दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा सहभागी हुन अर्थमन्त्री शर्मा त्यहाँ पुग्नुभएको थियो । 
     
    बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नतामा करका दर हेरफेर गराएको आरोप लागेपछि राजीनामा दिएका मन्त्री शर्मा आइतबार मात्रै मन्त्री नियुक्त भएको थियो ।
     
    संसदीय विशेष छानबिन समितिले अर्थमन्त्री विरुद्ध लागेका आरोप प्रमाणित नभएको प्रतिवेदन बुझाएपछि उनी पुनः अर्थमन्त्रीको जिम्मेवारीमा फर्किनुभएको थियो ।
     
    सोमबार मात्रै नेपाल यूथ कांग्रेसले संसद् भवन अगाडि नै अर्थमन्त्रीविरुद्ध प्रदर्शन गर्दै कालोझण्डा देखाएका थिए ।


    मंगलवार, श्रावण १७ २०७९०२:३४:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij