Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

गठबन्धन आबद्ध दलहरु संविधान विपरित गए : भीम रावल

गठबन्धन आबद्ध दलहरु संविधान विपरित गए : भीम रावल

  • शुक्रवार, श्रावण २० २०७९

  • 613
    SHARES

  • गठबन्धन आबद्ध दलहरु संविधान विपरित गए : भीम रावल

    काठमाडौं । नेकपा (एमाले)का नेता तथा प्रतिनिधिसभा सदस्य डा. भीम रावलले विपरित सिद्धान्त हुँदाहुँदै गठबन्धनका दलहरुले आगामी निर्वाचनमा तालमेल गर्नु संविधान विपरित भएको बताउनुभएको छ।

    शुक्रवार काठमाडौंमा आयोजित एक अन्तरक्रियामा बोल्दै नेता रावलले गठबन्धनमा आवद्ध राजनीतिक दलहरूको आ–आफ्नो सिद्धान्त भएको बताउनुभयो ।

    उहाँले गठबन्धनले आगामी निर्वाचनमा तालमेल गर्नु संविधान विपरित हुने बताउनुभयो । रावलले जनताको मत निश्चित विचारधारा, दर्शन र कार्यक्रमका आधारमा लिने संवैधानिक व्यवस्था भएकोले विपरित सिद्धान्त भएका राजनीतिक दलहरुले तालमेल गर्नु गलत भएको जिकिर गर्नुभयो ।

    नेता रावलले यस प्रकारको गठबन्धनले देशको राजनीतिलाई सिद्धान्तहिन, आर्दशहिन र गन्तव्यहिन दिशातर्फ धकेल्ने बताउनुभयो। आगामी निर्वाचनमा सबै राजनीतिक दलहरुले आ–आफ्नो सिद्धान्त र नीतिमा अगाडी बढेर आफ्नो घोषणापत्रका आधारमा मत माग्नुपर्ने उहाँको भनाइ छ ।


    शुक्रवार, श्रावण २० २०७९०२:५६:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij