Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

हामी एक चीन नीतिप्रति प्रस्ट छौं : प्रचण्ड

हामी एक चीन नीतिप्रति प्रस्ट छौं : प्रचण्ड

  • शुक्रवार, श्रावण २० २०७९

  • 805
    SHARES

  • हामी एक चीन नीतिप्रति प्रस्ट छौं : प्रचण्ड
    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल र आफ्नो पार्टी एक चीन नीतिप्रति प्रस्ट रहेको बताउनुभएको छ । 
     
    शुक्रबार आफ्नो सचिवालयमार्फत धारणा सार्वजनिक गर्दै अध्यक्ष प्रचण्डले नेपाल र माओवादी केन्द्र एक चीन नीतिप्रति प्रस्ट रहेको बताउनुभएको हो । 
     
    उहाँले ताइवानमा घटित पछिल्ला घटनाक्रमप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्नुभएको छ । प्रचण्डको सचिवालयका तर्फबाट रमेश मल्लले लेख्नुभएको छ ।, ‘ताइवानमा घटित पछिल्ला घटनाक्रमप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। हाम्रो देश नेपाल र हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) एक चीन नीतिप्रति प्रस्ट छ। चीनको राष्ट्रिय एकता प्रति बाधा हुने कुनै पनि गतिविधिप्रति हाम्रो विरोध रहन्छ।’
     
    चीनको चर्को विरोधका बाबजुद पनि अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले दुई दिन अघि ताइवानको भ्रमण गरेकी थिइन्।  


    शुक्रवार, श्रावण २० २०७९०५:३९:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij