Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

जबराविरुद्धको महाभियोग प्रस्तावमाथि भोलिदेखि संसद्‍मा छलफल हुने

जबराविरुद्धको महाभियोग प्रस्तावमाथि भोलिदेखि संसद्‍मा छलफल हुने

  • शनिवार, श्रावण २१ २०७९

  • 748
    SHARES

  • जबराविरुद्धको महाभियोग प्रस्तावमाथि भोलिदेखि संसद्‍मा छलफल हुने
    काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग प्रस्तावमाथि छलफल हुने भएको छ । प्रतिनिधिसभाको आइतबार(भोलि) का लागि बोलाइएको बैठकमा प्रधानन्यायाधीश जबराविरुद्धको महाभियोगमाथि छलफल हुने भएको हो । 
     
    संघीय संसद्का महासचिव भरतराज गौतमले भोलिका लागि जारी गरेको प्रतिनिधिसभाको सम्भावित कार्यसूचीमा महाभियोग प्रस्तावमाथि छलफल हुने उल्लेख छ । आज सार्वजनिक गरिएको प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूचीमा भनिएको छ, ’मिति २०७८ फागुन २९ गतेको बैठकमा देवप्रसाद गुरुङले नेपालको संविधानको धारा १०१ को उपधारा २ एवं प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १६१ को उपनियम १ बमोजिम प्रस्तुत गर्नुभएको प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध दर्ता भएको महाभियोग प्रस्तावमाथि छलफल हुने ।’
     
    जबराविरुद्ध विभिन्न २१ आरोप लगाएर सत्तारुढ दलहरू कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका सांसदहरूले फागुन १ गते प्रतिनिधिसभामा महाभियोग दर्ता गराएका थिए । महाभियोग दर्ता भएपछि जबरा स्वतः निलम्बनमा पर्नुभएको थियो ।
     
    प्रतिनिधिसभाले फागुन २२ गते महाभियोग सिफारिस समिति गठन गरेपनि छलफल अगाडि बढ्न सकेको थिएन । महाभियोग सिफारिस समितिमा विष्णु पौडेल, लालबाबु पण्डित, शिवमाया तुम्बाहाम्फे, कृष्णभक्त पोखरेल, मीनबहादुर विक, रामबहादुर विष्ट, यशोदा सुवेदी, रेखा शर्मा, कल्याणी खड्का, एकवाल मियाँ र प्रमोद साह सदस्य छन् ।
     
    महाभियोग लगाएर प्रधानन्यायाधीश जबरालाई निलम्बनमा राखेको भन्दै प्रमुख प्रतिपक्षी एमालेले संसददेखि सार्वजनिक स्थलमा विरोध गर्दै आएको थियो । त्यस्तै, नेपाल बार एसोसिएसनले पनि न्यायालयको प्रमुखमाथि महाभियोग लगाएर निलम्बनमा राखेको भन्दै सभामुख अग्निप्रसाद सापकोटालाई भेटेर प्रक्रिया अगाडि बढाउन आग्रह गरेको थियो ।
    11.webp


    शनिवार, श्रावण २१ २०७९०१:२५:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij