काठमाडौं । नेकपा (एमाले)का सांसद प्रदीप ज्ञवालीले निर्वाचन घोषणापछि कामचलाउ भएको सरकारले संसद्लाई बिजनेस दिन नमिल्ने बताउनुभएको छ । उहाँले नियमित सरकारले जस्तो संसद्लाई बिजनेस दिने विषय अनुचित भएको बताउनुभयो ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसद ज्ञवालीले निर्वाचन घोषणा हुनु संवैधानिक विषय भएको र निर्वाचन घोषणा लगत्तै कामचलाउमा परिणत भएको सरकारले नियमित जसरी अगाडि बढ्न नहुने बताउनुभयो ।
लामो समय प्रधानन्यायाधीश चोलेन्द्र शमशेर र जबराविरुद्धको महाभियोग अगाडि नबढाएकोमा पनि ज्ञवालीले आपत्ति जनाउनुभयो । त्यस्तो अभ्यासले नकारात्मक सन्देश जाने उहाँको भनाइ थियो ।