Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

बाबुरामले सत्ता गठबन्धन नछाड्ने, गठबन्धनको छैटौं घटक बन्ने भयो नेसपा 

बाबुरामले सत्ता गठबन्धन नछाड्ने, गठबन्धनको छैटौं घटक बन्ने भयो नेसपा 

  • आइतवार, श्रावण २२ २०७९

  • 854
    SHARES

  • बाबुरामले सत्ता गठबन्धन नछाड्ने, गठबन्धनको छैटौं घटक बन्ने भयो नेसपा 
    काठमाडौं । डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले सत्ता गठबन्धन नछाड्ने भएको छ । केन्द्रीय समितिको पहिलो बैठकले अहिलेको गठबन्धन निर्माणमा आफूहरूको निर्णायक भूमिका रहेको भन्दै आउने चुनावसम्म गठबन्धनमै रहने निर्णय गरेको हो ।
     
    अहिले सत्ता गठबन्धन पाँचदलीय छ । जसपाबाट विभाजित नेपाल समाजवादी पार्टीलाई पनि सत्ता गठबन्धनकै अङ्ग मान्न उपेन्द्र यादव बाहेकका नेताहरू सहमत भइसकेकाले अब गठबन्धन ६ दलीय हुने भएको छ ।
     
    जसपाका दोस्रो वरीयताका अध्यक्ष महिन्द्रराय यादवले यो गठबन्धन आफूहरूको भूमिकाका कारण सरकारमा पुगेको भन्दै कसैले निषेध गर्दैमा आफूहरू सत्ता गठबन्धनबाट बाहिर नहुने बताउनुभयो । उहाँले तत्कालीन जसपाका ६ जना सांसदले उपेन्द्र यादव पक्षमा साथ दिएका कारण सत्ता गठबन्धनको बहुमत पुगेको बताउनुभयो । 
     
    नेपाल समाजवादी पार्टी (नेसपा) दर्ताको प्रक्रियामा रहेकाले गठबन्धनको पछिल्लो बैठकमा आफूहरू सहभागी नभएको भन्दै यादवले अब सत्ता गठबन्धनकै नयाँ घटकका रूपमा आफूहरू सक्रिय रहने बताउनुभयो । उहाँले गठबन्धनमा लोसपालाई समेत समेट्न सकिने बताउनुभएको छ । 
     
    सत्ता गठबन्धनभित्रै नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, नेपाल समाजवादी पार्टी र वामदेव गौतम नेतृत्वको नेकपा एकता अभियानसमेत समेटेर समाजवादी केन्द्र बनाउनेबारे समेत छलफल भइरहेको यादवले बताउनुभयो । समाजवादी केन्द्र गठनको निर्णय नेकपा एसको सचिवालय बैठकले पनि गरिसकेको छ ।


    आइतवार, श्रावण २२ २०७९०३:०५:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij