Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

बैतडीका आठ स्थानीय तह पहिरोको उच्च जोखिममा

बैतडीका आठ स्थानीय तह पहिरोको उच्च जोखिममा

  • आइतवार, श्रावण २२ २०७९

  • 743
    SHARES

  • बैतडीका आठ स्थानीय तह पहिरोको उच्च जोखिममा
    काठमाडौं । बैतडीका आठ स्थानीय तह पहिरोको उच्च जोखिममा परेका छन् । जिल्लाको दशरथचन्द, मेलौली र पुरचौंडी नगरपालिकाका साथै पञ्चेश्वर, शिवनाथ, सिगास, दोगडाकेदार र डिलाशैनी गाउँपालिका पनि पहिरोको उच्च जोखिममा रहेका छन् ।
     
    जिल्ला विपद् व्यवस्थापन समितिले तयार पारेको जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनाले आठ ओटा स्थानीय तह पहिरोको उच्च जोखिममा रहेका देखाएको थियो । जिल्लाको सुर्नया गाउँपालिका र पाटन नगरपालिका पहिरोको मध्य जोखिममा रहेका छन् ।
     
    यस्तै जिल्लाका ती स्थानीय तहमा बाढीको समेत जोखिम रहेको उल्लेख गरिएको छ । सिगास, दोगडाकेदार र डिलाशैनी गाउँपालिकामा अन्य तहको तुलनामा बाढीको जोखिम रहेको बताइएको छ । त्यहाँको स्थानलाई विगतका वर्षमा पहिरो र बाढीले गरेको क्षति र विभिन्न सर्वेक्षणका आधारमा उच्च र मध्यजोखिम भनेर छुट्याइएको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिनुभयो।
     
    वर्षातकको समयमा विपद्का घटना हुनसक्ने भएकाले सम्भावित घटनाबाट जोगिनका लागि आवश्यक उपाय अपनाउन जिल्ला प्रशासन कार्यालयले जोड दिएको छ ।
     
    पहिरोका कारण विगतमा जनधनको क्षति भएकामा अहिले पनि पहिरोको जोखिम बढिरहेकोले सतर्क हुन आग्रह गरिएको छ । गत वर्षमात्रै जिल्लामा पहिरोमा परेर चार जनाको मृत्यु भएको र करोडौँको सम्पत्ति र कृषिबालीमा क्षति पुगेको थियो ।
     


    आइतवार, श्रावण २२ २०७९०४:५३:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij