Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

संसद्को कार्यकाल पुरै पाँच वर्ष रहने ऐन बनाउन माग

संसद्को कार्यकाल पुरै पाँच वर्ष रहने ऐन बनाउन माग

  • बुधवार, श्रावण २५ २०७९

  • 537
    SHARES

  • संसद्को कार्यकाल पुरै पाँच वर्ष रहने ऐन बनाउन माग
    काठमाडौं । माओवादी केन्द्रका तर्फबाट प्रतिनिधिसभामा प्रमुख सचेतक देव गुरुङले संसद्को पुरै पाँच वर्ष कार्यकाल रहने ऐन बनाउन माग गर्नुभएको छ ।  बुधबार(आज) प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद गुरुङले मंसिर ४ गतेका लागि निर्वाचनको मिति घोषणा भएपनि प्रतिनिधिसभाको कार्यकालको बारेमा बहस उठेको बताउनुभयो । 
     
    उहाँले प्रतिनिधिसभाको कार्यकाल ५ वर्ष हुने भनेर संविधानको धारा ८५ को १ ले भनेको उल्लेख गर्दै सर्वोच्च अदालतको आदेशले पनि संसद्को समयावधि ५ वर्षभन्दा कम घटाउन नहुने भनेको उल्लेख गर्नुभयो । 
     
    उहाँले भन्नुभयो–‘यो मध्यावधि चुनाव पनि हैन । संविधानको धारा ७६ को ५ अनुसार सरकार विफल भएर चुनाव भएको पनि हैन । त्यसैले यो निर्वाचन कार्य तालिकाका लागि एउटा ऐनको आवश्यकता पर्दछ । संसद्को कार्य अवधि राख्ने बारेमा पनि एउटा ऐनको आवश्यकता पर्दछ । त्यस कारण छिटोभन्दा छिटो सरकारले विधेयक ल्याओस् । संविधानले संसद्को रिक्तताको परिकल्पना गरेको छैन । अहिलेको परिस्थितिले रिक्तताको सम्भावना छ । यस्तो अवस्थामा मुलुकमाथि एउटा गम्भीर संकट पैदा हुनसक्छ ।’  उहाँले छिटो भन्दा छिटो ऐन ल्याउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।


    बुधवार, श्रावण २५ २०७९०३:२६:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij