Jul 30 2026 | २०८३, श्रावण १४ गते

२०८३, श्रावण १४ गते
  • यो साता चर्चामा :
images

सामूहिक बलात्कार आरोपी २ जनाको पोलिग्राफ जाँच

सामूहिक बलात्कार आरोपी २ जनाको पोलिग्राफ जाँच

  • बिहिवार, श्रावण २६ २०७९

  • 623
    SHARES

  • सामूहिक बलात्कार आरोपी २ जनाको पोलिग्राफ जाँच
    काठमाडौं । प्रहरीले सामूहिक बलात्कारको आरोपमा पक्राउ परेका करातेका दुई प्रशिक्षकको पोलीग्राफ जाँच गरेको छ ।
     
    विराटनगर बसेर पढ्ने सुनसरीकी १९ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा पक्राउ परेका विराटनगर महानगरपालिका–३ का ५० वर्षीय विनोद राउत र विराटनगर महानगरपालिका– ४ का ५० वर्षीय अमर भनिने सुरज सुवेदीको प्रहरीले पोलिग्राफ परीक्षण गरेको हो ।
     
    दुई जना नै राष्ट्रिय खेलकुद परिषद्को मोरङ जिल्लाका कराते प्रशिक्षक हुन् । किशोरीको जाहेरीका आधारमा प्रहरीले दुवैलाई साउन ९ गते आइतबार पक्राउ गरेको थियो । उनीहरूले आरोपमाथि इन्कारी बयान गरेपछि अनुसन्धानका क्रममा प्रहरीले शनिबार पोलिग्राफ जाँच गरेको हो । प्रहरी स्रोतका अनुसार पोलिग्राफ जाँचको रिपोर्ट पोजेटिभ आइसकेको छ ।
     
    जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी दीपक श्रेष्ठले अनुसन्धानका क्रममा आरोपीको पोलिग्राफ जाँच गरिहरेको बताए । डिएसपी श्रेष्ठले अनुसन्धान जारी रहेको र पोलिग्राफ जाँच रिपोर्ट आइनसकेको बताए ।
     


    बिहिवार, श्रावण २६ २०७९०१:४१:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij