Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

प्रदीप गिरिलाई घाँटीको क्यान्सर, स्वास्थ्य सुधारोन्मुख

प्रदीप गिरिलाई घाँटीको क्यान्सर, स्वास्थ्य सुधारोन्मुख

  • बिहिवार, श्रावण २६ २०७९

  • 780
    SHARES

  • प्रदीप गिरिलाई घाँटीको क्यान्सर, स्वास्थ्य सुधारोन्मुख
    नेपाली कांग्रेसले सांसद प्रदीप गिरिको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको बताएको छ।
     
    पार्टीका सचेतक मीनबहादुर विश्वकर्माले बिहीबार निकालेको विज्ञप्तिमा सांसद गिरिको घाँटीको क्यान्सरको उपचार गरिएको उल्लेख गर्नुभएको छ ।
     
    गत वर्ष साउनमा बिरामी भएपछि गिरि भारतको मुम्बई जानुभएको थियो । उहाँ भारतकै अस्पतालमा उपचार गराइरहनुभएको थियो । गिरिलाई हालै नेपाल ल्याइएको थियो। उहाँको ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा उपचार जारी छ।
     
    ‘प्रदीप गिरि विगत लामो समय भारतको मुम्बईका विभिन्न अस्पतालहरूमा घाँटीको क्यान्सरको सफल उपचार पश्चात् केही समय पहिले नेपाल आउनु भयो। उहाँलाई निमोनिया देखिएकोले नेपाल मेडिसिटी अस्पताल भर्ना भई उपचार भइरहेको छ,’ उहाँले भन्नुभयो, ‘चिकित्सक एवं परिवार स्रोतका अनुसार उहाँको स्वास्थ्यमा क्रमिक सुधार देखिएको छ।’
     
    कांग्रेसका अर्का सांसद कर्मा घले पनि क्यान्सरबाट पीडित छन्। उहाँको पोस्टेट क्यान्सरको उपचार गरिएको थियो। उहाँको पनि भारतस्थित मुम्बईका विभिन्न अस्पतालमा उपचार गरिएको थियो।
     
    नेपाल फर्केका कर्माको मेडिसिटी अस्पतालमा केही दिन उपचार गरिएको थियो। अहिले ललितपुरकै नेपाल क्यान्सर अस्पताल एण्ड रिसर्च सेन्टर हरिसिद्धिमा उहाँको उपचार जारी छ।
     
    काँग्रेस संसदीय दलले सांसद द्वय गिरि र घलेको स्वास्थ्यलाभको कामना पनि गरेको छ।


    बिहिवार, श्रावण २६ २०७९०३:१२:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij