Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

मिटरब्याज सम्बन्धी अपराध नियन्त्रणका लागि सरकारले बनायो कार्यदल

मिटरब्याज सम्बन्धी अपराध नियन्त्रणका लागि सरकारले बनायो कार्यदल

  • शुक्रवार, श्रावण २७ २०७९

  • 588
    SHARES

  • मिटरब्याज सम्बन्धी अपराध नियन्त्रणका लागि सरकारले बनायो कार्यदल
    काठमाडौं । सरकारले मिटरब्याज सम्बन्धी अपराध नियन्त्रणका लागि कार्यदल गठन गरेको छ ।
     
    प्रधानमन्त्रीको निर्देशन लगत्तै गृहमन्त्री खाणले मन्त्रीस्तरीय निर्णयबाट गृह मन्त्रालयका सहसचिव डा.भीष्म भुसालको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गर्नुभएको छ ।
     
    प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार बिहान गृहमन्त्री बालकृष्ण खाण, नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल र गृह मन्त्रालयका सहसचिवलाई बोलाएर मिटरब्याजी सम्बन्धी समस्या समाधानका लागि उपायहरू पहिचान गरी अपराधीहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउन र भविष्यमा यस्ता अपराध हुन नदिन आवश्यक पहल कदमी लिन निर्देशन दिएका थिए ।
     
    कार्यदलका सदस्यमा नेपाल प्रहरीका केन्द्रीय अनुसन्धान ब्युरोमा कार्यरत वरिष्ठ उपरीक्षक दिनेश आचार्य, गृह मन्त्रालयका कानुन उपसचिव श्रीकृष्ण पौडेल, नेपाल प्रहरीको अपराध अनुसन्धान शाखामा कार्यरत उपरीक्षक कृष्णप्रसाद कोइराला, राष्ट्रिय अनुसन्धान विभागका उप– अनुसन्धान निर्देशक मुकुन्द मरहट्ठा छन् ।
     
    कार्यदलको सदस्य सचिव नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा कार्यरत नायब उपरीक्षक रोशन खड्कालाई तोकिएको छ ।
     
    कार्यदललाई मिटरब्याजी समस्या बढी भएका जिल्लाहरूमा स्थलगत भ्रमण गरी समस्याका कारकहरू तथा समाधानका उपायहरू पहिचान गर्ने, मिटरब्याजी अपराधमा संलग्न व्यक्तिहरूलाई कारबाहीको दायरामा ल्याउन अन्तरनिकाय समन्वय र सहकार्य गर्ने तथा आगामी दिनमा यस्तो अपराध न्यूनिकरण गर्न अवलम्बन गर्नुपर्ने उपायहरूका सम्बन्धमा सिफारिससहितको प्रतिवेदन पेस गर्ने लगायतका कार्यादेश दिइएको छ ।
     
    कार्यदललाई एक महिनाभित्र प्रतिवेदन बुझाउने कार्यादेश दिइएको गृह मन्त्रालयले जनाएको छ ।


    शुक्रवार, श्रावण २७ २०७९०१:४४:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij