Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

नागरिकता विधेयक अविलम्ब प्रमाणीकरण गर्न राष्ट्रपतिलाई आग्रह

नागरिकता विधेयक अविलम्ब प्रमाणीकरण गर्न राष्ट्रपतिलाई आग्रह

  • शुक्रवार, श्रावण २७ २०७९

  • 859
    SHARES

  • नागरिकता विधेयक अविलम्ब प्रमाणीकरण गर्न राष्ट्रपतिलाई आग्रह
    काठमाडौं। नेपाली कांग्रेस मधेस प्रदेश कार्यसम्पादन समितिको बैठकले नागरिकता विधेयक अविलम्ब प्रमाणीकरण गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई आग्रह गरेको छ ।
     
    पार्टीको प्रदेश कार्यालय धनुषामा बसको बैठकले राष्ट्रपति भण्डारीलाई नागरिकता विधेयक अविलम्ब प्रमाणीकरण गर्न आग्रह गरेको हो ।
     
    राष्ट्रपति भण्डारीले संसद्का दुवै सदनले पारित गरेर पठाएको नागरिकता विधेयक करिब दुई सातादेखि ‘विचाराधीन’ अवस्थामा राख्नुभएको छ । 
     
    यस्तै समितिले मधेस प्रदेशका सङ्घीय र प्रदेशसभा निर्वाचनको क्षेत्रको वस्तुगत विश्लेषण गरी प्रतिवेदन पेस गर्न जिल्ला प्रतिनिधि खटाउने निर्णय गरेको छ ।
     
    जसमा मधेस प्रदेशका आठ जिल्लामा जिल्ला र प्रदेश स्तरीय प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको महामन्त्री कृष्ण श्रेष्ठले बताउनुभयो । बैठकले सङ्घीय र प्रदेशको उम्मेदवारी निर्धारित समयमा टुङ्ग्याउन पार्टी केन्द्रीय समितिको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।


    शुक्रवार, श्रावण २७ २०७९०१:५४:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij