Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक प्रभाकर भोलि नेपाल आउँदै

नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक प्रभाकर भोलि नेपाल आउँदै

  • शुक्रवार, श्रावण २७ २०७९

  • 482
    SHARES

  • नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक प्रभाकर भोलि नेपाल आउँदै

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मनोज प्रभाकर भोलि (शनिबार) नेपाल आउने भएका छन् ।

    नेपाल क्रिकेट संघ (क्यान)का म्यानेजर विनोद दासले प्रभाकर शनिबार नेपालमा आउने तालिकाका रहेको बताएका छन् । राष्ट्रिय टोलीको प्रशिक्षकबाट पुबुदु दशानायकेले राजीनामा दिएपछि क्यानले प्रभाकरलाई प्रस्ताव गरेको थियो ।

    प्रभाकरलाई क्यानले मुख्य प्रशिक्षकमा गत सोमबार नियुक्त गरेको थियो । भारतका पूर्व स्टार अलराउन्डर तथा रणजी ट्रफी विजेता प्रशिक्षक भारतका प्रभाकरले भारतका लागि ३९ टेस्ट र १३० एकदिवसीय खेल खेलेका छन् ।

    नेपालले प्रभाकरको प्रशिक्षकत्वमा केन्याविरुद्ध पाँच खेलको टी–ट्वान्टी सिरिज र तीन खेलको एकदिवसीय अभ्यास सिरिज खेल्नेछ । खेलहरु अगस्ट २५ देखि सेप्टेम्बर ५ सम्म हुनेछन् ।

    सिरिजका लागि क्यानले मंगलवार सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरिसकेको छ ।


    शुक्रवार, श्रावण २७ २०७९०२:११:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij