Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

मध्यपश्चिम विश्वविद्यालयको कागजात अख्तियारको नियन्त्रणमा

मध्यपश्चिम विश्वविद्यालयको कागजात अख्तियारको नियन्त्रणमा

  • शुक्रवार, श्रावण २७ २०७९

  • 761
    SHARES

  • मध्यपश्चिम विश्वविद्यालयको कागजात अख्तियारको नियन्त्रणमा

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मध्यपश्चिम विश्वविद्यालयका कागजात नियन्त्रणमा लिएको छ ।

    विभिन्न विषयमा उजुरी परेको भन्दै आयोगको सुर्खेत कार्यालयले विश्वविद्यालयका कागजात नियन्त्रणमा लिएको हो ।

    ‘नियुक्ति प्रक्रिया, छात्रवृत्ति लगायतका विषयमा उजुरी परेको थियो,’ आयोगको सुर्खेत कार्यालयका प्रमुख भोला दाहालले भन्नुभयो, ‘अनुसन्धान अधिकृत तोकेर अनुसन्धान प्रक्रिया सुरु भइसकेको अवस्थामा आज आवश्यक कागजात विश्वविद्यालयको केन्द्रीय कार्यालय लगायतका कार्यालयमा पुगेर नियन्त्रणमा लिएका हौं ।’


    अनुसन्धानसँग सम्बन्धित कागजात नियन्त्रणमा लिएको तर अख्तियारले छापा नहानेको आयोगका सूचना अधिकारी भेषराज रिजालले जानकारी दिए । उनले भने, ‘अख्तियारको नियमित प्रक्रियाअनुसार नै अनुसन्धानसँग जोडिएका कागजात अनुसन्धान टोलीले नियन्त्रणमा लिएको हो ।’


    शुक्रवार, श्रावण २७ २०७९०४:४९:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij