Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

विवाद समाधान प्रतिवेदनमाथि छलफल गर्न बोलाइएको नेकपा सचिवालय बैठक स्थगित

विवाद समाधान प्रतिवेदनमाथि छलफल गर्न बोलाइएको नेकपा सचिवालय बैठक स्थगित

  • शुक्रवार, भाद्र १२ २०७७

  • 1.1K
    SHARES

  • विवाद समाधान प्रतिवेदनमाथि छलफल गर्न बोलाइएको नेकपा सचिवालय बैठक स्थगित

    काठमाडौं । विवाद समाधानका लागि गठित कार्यदलले तयार पारेको प्रतिवेदनमाथि छलफल गर्न बोलाइएको शनिबारको नेकपा सचिवालय बैठक स्थगित भएको छ ।

    सचिवालय सदस्यद्वय ईश्वर पोखरेल र रामबहादुर थापा आइसोलेशनमा बस्नुपर्ने भएकाले शनिबारको बैठक स्थगित गरिएको हो ।

    कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)का कार्यालय सहयोगीलाई संक्रमण देखिएकाले दुवै नेता होम आइसोलेशनमा बसेको बताइएको छ ।

    स्थगित बैठक यही भदौ १८ गतेलाई सरेको छ । बैठकमा पार्टी विवाद समाधानका लागि बनेको कार्यदलको प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची छ । पार्टीभित्र उत्कर्षमा पुगेको विवाद सामाधानका लागि ६ सदस्यीय कार्यदल बनाइएको थियो ।

    उक्त कार्यदलले भदौ ६ गते अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई प्रतिवेदन बुझाइसकेको छ । कार्यदलको प्रतिवेदनले विवादको मुख्य विन्दू नभेटेको भन्दै वरिष्ठ नेता माधव नेपाल पक्षले भने असन्तुष्टि जनाएको छ ।

     


    शुक्रवार, भाद्र १२ २०७७०३:००:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij