Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

देशभरका मिटरब्याज पीडितहरूलाई उजुरी गर्न सरकारको आग्रह

देशभरका मिटरब्याज पीडितहरूलाई उजुरी गर्न सरकारको आग्रह

  • शनिवार, श्रावण २८ २०७९

  • 678
    SHARES

  • देशभरका मिटरब्याज पीडितहरूलाई उजुरी गर्न सरकारको आग्रह
    काठमाडौं । सरकारले देशभर रहेका सबै मिटरब्याज पीडितहरूलाई उजुरी गर्न आग्रह गरेको छ । सरकारले गठन गरेको ‘मिटरब्याजी अपराध नियन्त्रणका उपायहरू सिफारिस गर्न कार्यदल’ले शनिबार (आज) एक सूचना प्रकाशन गर्दै एक हप्ताभित्र जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन आग्रह गरेको छ । 
     
    कार्यदलका संयोजक रहेका गृहमन्त्रालयका सहसचिव डा.भीष्मकुमार भुसालले एक सूचना प्रकाशन गर्दै मिटरब्याज पीडितलाई तथ्य प्रमाण सहित अगामी भदौ ५ गतेसम्म उजुरी गर्न आग्रह गर्दै सरकारले कार्यदल गठन गरेको एकघण्टा भित्रै काम प्रारम्भ गरेको जानकारी गराउनुभएको छ । 
     
    कार्यदल गठन भएको एक घण्टाभित्रै नवलपरासी पश्चिमको प्रतापपुर र सुस्ता गाउँपालिकाबाट सङ्गठित भई काठमाडौं माइतीघर मण्डला क्षेत्रमा धर्ना दिँदै आएका मिटर ब्याज तथा ठगी विरुद्ध किसान मजदुर सङ्घर्ष समितिसँग जिल्ला प्रशासन कार्यालय, काठमाडौंका प्रमुख जिल्ला अधिकारी समेतको उपस्थितिमा कार्यदलले वार्ता गरेको भुसालले जनाउनुभएको छ । 
     
    उहाँले मिटरब्याजीहरूले निरक्षर, गरिब तथा आर्थिक रूपले अप्ठ्यारो परिस्थितिमा रहेका व्यक्तिहरूमाथि गरेको शोषणको श्रृङ्खलाले सयौं परिवारको बिचल्ली भएका समाचारहरू सार्वजनिक भइरहेको उल्लेख गर्दै  त्यस्ता आर्थिक अपराधीहरूलाई कानुनको दायरामा ल्याई कारबाही गर्ने प्रक्रिया पनि चलिरहेको  बताउनुभएको छ । अझै पनि धेरै पीडितहरूले आफ्नो पीडा सार्वजनिक गर्न वा कानुनी उपचारको लागि पहल गर्न नसकेको अवस्था रहेको भन्दै उनीहरूलाई एक साताभित्र उजुरी गर्न आग्रह गरिएको छ । 
     
    हाल काठमाडौंको माइतीघर मण्डलामा नवलपरासीबाट आएका मिटर व्याज पीडितहरूले धर्ना दिएका थिए । नवलपरासीमा मात्र नभै तराईका अधिकांश जिल्लाहरूबाट समेत गुनासो प्राप्त भएको र देशैभरी मिटरब्याजीको जालो फैलिएको हुन सक्ने अवस्थालाई मध्यनजर गरी देशैभरका मिटरब्याज पीडित व्यक्तिहरूबाट त्यस्ता मिटरब्याजीले गरेका अपराध र शोषण विरुद्ध उजुरी मागिएको डा.भुसालले बताउनुभएको छ । 
     
    मिटरब्याजी अपराध नियन्त्रणका लागि प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा गृहमन्त्रीस्तरीय निर्णयबाट मिटरब्याजी अपराध नियन्त्रणका उपायहरू सिफारिस गर्न कार्यदल गठन भएको थियो ।
     
    home-ministry_zxW7eAdEzy.jpg


    शनिवार, श्रावण २८ २०७९१२:३४:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij