Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

एक सय ४० जना राष्ट्रसंघीय सहायताकर्मीको हत्या, २०३ घाइते

एक सय ४० जना राष्ट्रसंघीय सहायताकर्मीको हत्या, २०३ घाइते

  • शनिवार, श्रावण २८ २०७९

  • 891
    SHARES

  • एक सय ४० जना राष्ट्रसंघीय सहायताकर्मीको हत्या, २०३ घाइते
    काठमाडौं । गत वर्ष सन् २०२१ मा संयुक्त राष्ट्रसङ्घका १४० सहायताकर्मीको हत्या भएको पाइएको छ । 
     
    राष्ट्रसंघीय निकायले शुक्रबार सार्वजनिक गरेको विवरणमा यो सङ्ख्या अन्य अघिल्ला वर्षहरूको तुलनामा धेरै भएको उल्लेख गरिएको छ । सन् २०१३ पछिकै सबैभन्दा धेरै भएको अधिकारीहरूले जनाएका छन् ।
     
    उनीहरूको हत्या सहायता प्रदान गर्ने कामकै सिलसिलामा भएको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ ।  राष्ट्रसङ्घको मानवीय मामिला समन्वय कार्यालयले प्रकाशित गरेको विज्ञप्तिमा अरू २०३ सहायताकर्मी घाइते भएको जनाइएको छ । 
     
    त्यसैगरी ११७ सहायताकर्मीलाई भने विभिन्न ठाउँबाट अपहरण गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । राष्ट्रसंघीय निकायले अरू १६८ जनामाथि आक्रमण भएको पनि जनाएको छ । 
     


    शनिवार, श्रावण २८ २०७९०१:४९:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij