काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा २६३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार १६५ परीक्षणमा २६३ जना संक्रमित भेटिएका हुन् ।
१ हजार ३९९ पीसीआर परीक्षणमा १६२ जना र एक हजार ७६६ एन्टिजेन परीक्षणमा १०१ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ५०१ जना कोरोना संक्रमणमुक्त भएका छन् । त्यस्तै कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ ।
योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार ४३४ पुगेको छ । देशभर थप १ लाख २७ हजार ३२१ जनाले कोरोनाविरुद्धको खोप पनि लगाएका छन् ।