Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

मधेस प्रदेशका मुख्यमन्त्रीसहित मन्त्री र सांसदहरू धर्नामा

मधेस प्रदेशका मुख्यमन्त्रीसहित मन्त्री र सांसदहरू धर्नामा

  • आइतवार, श्रावण २९ २०७९

  • 664
    SHARES

  • मधेस प्रदेशका मुख्यमन्त्रीसहित मन्त्री र सांसदहरू धर्नामा
    काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतसहित मन्त्री र सांसदहरूले संघीय सरकारविरुद्ध धर्ना थालेका छन् । प्रदेश प्रहरी समायोजनको माग गर्दै आइतबार(आज)देखि प्रदेश प्रमुखको कार्यालयअगाडि धर्ना सुरु गरिएको हो । 
     
    एक सातासम्म चल्ने धर्ना कार्यक्रम हरेक दिन दुई घण्टा चल्ने जनाइएको छ । पहिलो दिन आज पौने १२ बजेदेखि पौने दुई घण्टासम्म चल्नेछ ।  संविधानमा भएको प्रहरीसम्बन्धी व्यवस्थालाई लिएर संघ र प्रदेश सरकारबीच द्वन्द्वको स्थिति देखा पर्दै आएको छ ।
     
    यसअघि साउन २२ मा मधेस सरकारले प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रहरी समायोजनका लागि ७ दिने अल्टिमेटम ध्यानाकर्षण पत्र नै बुझाएको थियो । तर माग सम्बोधन नभएपछि हिजो मधेस प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले औपचारिक रुपमा आन्दोलनका कार्यक्रम सार्वजनिक गर्नुभएको थियो ।  
     


    आइतवार, श्रावण २९ २०७९१२:३३:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij