Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

दादागिरी शैलीमा उत्रियो काठमाडौं महानगर, फुटपाथको बिचल्ली

दादागिरी शैलीमा उत्रियो काठमाडौं महानगर, फुटपाथको बिचल्ली

  • आइतवार, श्रावण २९ २०७९

  • 704
    SHARES

  • दादागिरी शैलीमा उत्रियो काठमाडौं महानगर, फुटपाथको बिचल्ली

    काठमाडौं । महानगर प्रहरीले फुटपाथ महिला व्यवसायीहरू माथि दादागिरी गरेको छ । राजधानीको सुनधारा, रत्नपार्क धरहरा आसपासका क्षेत्रमा फुटपाथ व्यापार गरिरहेका महिलाहरूको सामान दादागिरी शैलीमा जफत गरेको हो।

    आइतबार रत्नपार्क नजिकैको एउटा आकाशे पुलको छेउमा केही फेन्सी तथा खुद्रा सामानको व्यापार गर्न बसेका केही महिलाहरू माथि नगर प्रहरीले दुर्व्यवहार गर्नुका साथै सामान तितरबितर पारिदिएको छ ।

    यसरी फुटपाथमा सामान बेच्न नपाए जीविकोपार्जन गर्न हम्मे हम्मे हुने र परिवारका लागि एक छाक टार्न समेत कठिनाइ हुने ती व्यावसायिक महिलाहरूले गुनासो गरिन् ।

    ‘हामीले सरकारको भाग खोसेका छैनौ,चोरी गरेका छैनौँ एउटा सानो ठाउँ ओगटेर मात्र आफ्नो जीविकोपार्जन गर्न व्यवसाय गर्दा हामी माथि यत्रो अन्याय’ एक महिलाले भनिन् ।

    यता काठमाडौँ महानगरपालिकाले जनशक्ति थप गरेर नियन्त्रण गर्नुबाहेक अरू विकल्प नभएको बताएको छ भने महानगरको उक्त हर्कतपछि फुटपाथे व्यवसायी भने आक्रोशित छन्।

    महानगरले भने तत्काल फुटपाथ व्यवसायीहरुका लागी कुनै निश्चित समय वा ठाउँ दिने अवस्था नरहेको र फुटपाथ व्यवसाय व्यवस्थित गर्न नियन्त्रण गर्ने बाहेक अरू विकल्प नभएको जनाएको छ ।


    आइतवार, श्रावण २९ २०७९०५:५४:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij